२०८२ जेठ ११ गते आइतवार / May 25 , 2025 , Sunday
२०८२ जेठ ११ गते आइतवार
Ads

सप्तकोशी बस दुर्घटना : सबै यात्रुको उद्धार

मध्यान्ह
२०८१ असोज १० गते १९:१२
सप्तकोशी बस दुर्घटना : सबै यात्रुको उद्धार

काठमाडौं : सप्तकोशी नदीमा खसेको बसका सबै यात्रुको सकुशल उद्धार गरिएको छ । बिहीबार साँझ पूर्व-पश्चिम राजमार्गअन्तर्गत कोशी ब्यारेजको पुलको सप्तरी तर्फको क्षेत्रबाट को १ ख ४६०१ नम्बरको बस खसेको थियो ।

बसमा रहेका सबै २६ जना यात्रुको उद्धार गरिएको प्रहरीले जानकारी दिएको छ । बस विराटनगरबाट उदयपुरको गाईघाट जाँदै गरेको थियो । बस आफैं अनियन्त्रित भएर पुलको बार भत्काउँदै नदीमा खसेको प्रहरीले जनाएको छ ।

केही यात्रु घाइते भएको र उनीहरूलाई उपचारका लागि पठाइएको पनि प्रहरीले जानकारी दिएको छ ।

ADV

सम्बन्धित खबर