२०८३ कार्तिक १३ गते शुक्रवार / Oct 30 , 2026 , Friday
२०८३ कार्तिक १३ गते शुक्रवार

लक्ष्मी रिक्रुटमेन्टले मनायो प्रथम वार्षिकोत्सव

Nada
२०८३ साउन १४ गते ०६:२०
Shares
लक्ष्मी रिक्रुटमेन्टले मनायो प्रथम वार्षिकोत्सव

काठमाडौं : राजधानीको गौशाला राम मन्दिरस्थित लक्ष्मी रिक्रुटमेन्ट सर्भिस प्रा.लि.ले आकर्षक तलब, सुविधासहित गुणस्तरीय वैदेशिक रोजगारी कम्पनीको मुख्य लक्ष्य रहेको बताएको छ । बुधबार राजधानीमा आयोजित प्रथम वार्षिकोत्सवका अवसरमा प्रा.लि.का अध्यक्ष लक्ष्मीप्रसाद गिरीले स्थापनाको पहिलो वर्षमै प्रतिकूल परिस्थितिका बाबजुद उल्लेख्य मात्रामा युवायुवतीलाई वैदेशिक रोजगारमा पठाउन सफल भएकाले भविष्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका चुनौती सामना गर्न तयार बनाएको बताए । 

उनले आफ्नो म्यानपावर कम्पनीको कार्यालयलाई सोहीअनुसार आधुनिक ढाँचामा डिजाइन गरेको भन्दै वैदेशिक रोजगार सेवालाई उत्कृष्ट गुणस्तर कायम गरी रोजगार आकांक्षी युवायुवतीलाई सकेसम्म छिटो सेवा प्रदान गर्ने योजनाका साथ काम गरेको बताए ।

कामदारको हितलाई सधैं उच्च प्राथमिकतामा राख्ने भन्दै उनले वैदेशिक रोजगारमा पठाउनु ठुलो कुरा नभएको बरु पठाइएका कामदारले भने अनुसारको काम र सेवा सुविधा पाएका छन् कि छैनन् भन्ने विषय मुख्य कुरा भएको बताए ।

अग्रज व्यवसायी कुमार पुरीको प्रमुख आतिथ्यतामा सम्पन्न वार्षिकोत्सव कार्यक्रममा  नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्व सचिव कर्णराज कटुवाल, मध्यान्ह दैनिकका प्रधान सम्पादक मदनकुमार श्रेष्ठ, खोटाङ हलेसी सेवा समाजकी अध्यक्ष इन्दा थापा, युएईस्थित युआईजी ग्रुप कम्पनीका सिनियर ईन्जिनियर अमित कुमार सिंह, एचएमटी ओभरसिज प्रा.लि.का अध्यक्ष तुल्सीराम पुरी, ऋद्दनाथी सेवा समाज काठमाडौंका अध्यक्ष तिलकराम गिरी, नेपाल बाल्काल्य परिषद केन्द्रीय पूर्व अध्यक्ष डिल्लिराम गिरीलगायत विशिष्ट अतिथि रहेका थिए । 

कार्यक्रममा संस्थाका सल्लाहकार माेतीलाल पुरी सहित कम्पनी सञ्चालकका मान्यजनहरूलाई दाेसल्ला ओढाएर सम्मान गरिएको थियो ।  त्ससै गरी कम्पनीको सेवालाई उत्कृष्ट बनाउन याेगदान पुर्याएका कर्मचारीलाई उत्कट कर्मचारी,  वार्षिक उत्कृष्ट कर्मचारी,  नियमित रूपमा सबैभन्दा धेरै दिन कार्यालयमा उपस्थित भई कामगर्ने  कर्मचारीकारूपमा वर्गीकरण गरी उनीहरूलाई नगद पुरस्कार तथा सम्मानपत्र  प्रदान गरिएको थियो । 

कार्यक्रममा मध्यान्ह दैनिकका प्रधान सम्पादक मदनकुमार श्रेष्ठसहित राेजगारदाता प्रतिनिधि अमित कुमार सिंह लगायतलाई सम्मानस्वरूप मायाको चिनो प्रदान गरिएको थियो । म्यानेजिङ डाईरेक्टर मृगेन्द्र कार्कीले लक्ष्मी रिक्रुटमेन्ट सर्भिस कम्पनी वैदेशिक राेजगारमा कामदार पठाउने औसत म्यानपावर नभएर गुणस्तरीय राेजगार उपलब्ध विषयमा दत्तचित्त रहेको बताए । 

कम्पनीका प्रमुख कार्यकारी अधिकृत हरि प्रसाद गिरीले कम्पनीले वैदेशिक राेजगारलाई नयाँ उचाइमा पुर्याउने लक्ष्य लिएको बताए । सुभद्रा चौलागाईले सञ्चालन गरेको कार्यक्रममा प्रदीप गिरीले लक्ष्मी रिक्रुटमेन्ट कम्पनी सम्बन्धमा रचना गरिएको गीत प्रस्तुत गरेका थिए ।

ताजा खबर

सम्बन्धित खबर