२०८३ कार्तिक १३ गते शुक्रवार / Oct 30 , 2026 , Friday
२०८३ कार्तिक १३ गते शुक्रवार

भारतमा धर्मेन्द्र प्रधानले राजीनामा दिएपछि जोशीलाई शिक्षा मन्त्रालयको जिम्मेवारी

Nada
२०८३ साउन १० गते १२:०२
Shares
भारतमा धर्मेन्द्र प्रधानले राजीनामा दिएपछि जोशीलाई शिक्षा मन्त्रालयको जिम्मेवारी

काठमाडौँ : भारतमा धर्मेन्द्र प्रधानले शिक्षा मन्त्रीबाट दिएको राजीनामा स्वीकृत भएको छ ।

राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गरी प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति द्रौपदी मुर्मुले प्रधानको राजीनामा स्वीकृत गरेको जानकारी दिएको हो । प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानको राजीनामासँगै रिक्त रहेको शिक्षा मन्त्रीको जिम्मेवारी प्रल्हाद जोशीलाई दिएका छन् ।

जोशीले हाल उपभोक्ता मामिला, खाद्य तथा सार्वजनिक वितरण मन्त्रीका साथै नवीन तथा नवीकरणीय ऊर्जा मन्त्रालयको जिम्मेवारी पनि सम्हालिरहेका छन् ।

धर्मेन्द्र प्रधानको राजीनामाको माग गर्दै करिब एक महिनादेखि नयाँदिल्लीस्थित जन्तर–मन्तरमा कक्रोच जनता पार्टी (सीजेपी) ले आन्दोलन गर्दै आएको थियो । कक्रोच जनता पार्टीको प्रदर्शनपछि प्रधानले शनिबार राजीनामा दिएका थिए ।

ताजा खबर

सम्बन्धित खबर