२०८३ कार्तिक १३ गते शुक्रवार / Oct 30 , 2026 , Friday
२०८३ कार्तिक १३ गते शुक्रवार

न्युजिल्यान्ड र पोर्चुगल पठाउने भन्दै ठग्ने दुई पक्राउ

Nada
२०८३ साउन १० गते ०६:२०
Shares
न्युजिल्यान्ड र पोर्चुगल पठाउने भन्दै ठग्ने दुई पक्राउ

काठमाडौं : वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाई न्युजिल्यान्ड र पोर्चुगल पठाइदिने भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले शुक्रबार दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौंको तारकेश्वर नगरपालिका–१० बस्ने रुपन्देही घर भएका ५१ वर्षीय राजकुमार भण्डारी र काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–१२ बस्ने ओखलढुंगा घर भएका २९ वर्षीय सुरेश घिमिरे रहेका छन् ।

प्रहरीका अनुसार राजकुमार न्युजिल्यानड पठाइदिने भन्दै दुई जना पीडितबाट तीन लाख र सुरेश पोर्चुगल पठाइदिने भन्दै एक जना पीडितबाट १८ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएका थिए ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको प्रहरीले जानकारी दिएको छ ।

ताजा खबर

सम्बन्धित खबर