२०८३ कार्तिक १४ गते शनिवार / Oct 31 , 2026 , Saturday
२०८३ कार्तिक १४ गते शनिवार

मधेस प्रदेशसभाको अधिवेशन मध्यरातदेखि अन्त्य हुने

Nada
२०८३ वैशाख ११ गते १३:१६
Shares
मधेस प्रदेशसभाको अधिवेशन मध्यरातदेखि अन्त्य हुने

धनुषाः मधेस प्रदेशसभाको चालु अधिवेशन आज मध्यरातदेखि अन्त्य हुने भएको छ ।

मधेस प्रदेश प्रमुखको कार्यालयले आज विज्ञप्ति जारी गरेर  मधेस प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णबाट शुक्रबार राति १२ः०० बजेदेखि लागू हुने गरी प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरिएको जनाइएको छ ।

मन्त्रिपरिषद्को यही वैशाख ९ गतेको बैठकले आज मध्यरातदेखि अधिवेशन अन्त्य गर्ने निर्णय गरेको थियो ।  

ताजा खबर

सम्बन्धित खबर