
काठमाडौं : नेपाली लोक दोहोरी संगीत क्षेत्रमा नयाँ गीत ‘रातो रातो बर्को’ सार्वजनिक भएको छ । गीतमा चर्चित गायक कुलेन्द्र विश्वकर्मा र लोकप्रिय गायिका रचना रिमालको सुमधुर स्वर रहेको छ ।
स्लो मोसन पिक्चर्सद्वारा प्रस्तुत गरिएको उक्त गीतमा प्रथम क्षेत्री र सुनिसा बजगाईंको आकर्षक अभिनय देख्न सकिन्छ । प्रेम, रोमान्स र लोक संस्कृतिको सुन्दर मिश्रणले सजिएको यस गीतले दर्शक तथा स्रोतामाझ सकारात्मक प्रतिक्रिया पाइरहेको छ ।
गीतका शब्द नेत्र अर्यालले लेखेका हुन् भने संगीत संयोजन खेम सेन्चुरीले गरेका छन् । भिडियो निर्देशन प्रथम क्षेत्रीले गरेका हुन् ।
हालै सार्वजनिक गरिएको यस गीतले छोटो समयमा नै दर्शकको ध्यान खिच्न सफल भएको छ । लोक दोहोरी संगीतप्रेमीका लागि नयाँ स्वाद दिन सफल ‘रातो रातो बर्काे’ अहिले युट्युबलगायत विभिन्न डिजिटल प्लेटफर्ममा उपलब्ध छ ।