२०८३ कार्तिक १४ गते शनिवार / Oct 31 , 2026 , Saturday
२०८३ कार्तिक १४ गते शनिवार

चोरीमा संलग्न रहेको अभियोगमा पक्राउ

Nada
२०८३ वैशाख ३ गते १८:१७
Shares
चोरीमा संलग्न रहेको अभियोगमा पक्राउ

ललितपुरः ललितपुर महानगरपालिका–४ बागडोलबाट सुन तथा चाँदीका गरगहना चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका–२१ बस्ने ३२ वर्षीय अमन देउलालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

साथै उक्त चोरीका गरगहना खरिद गरी गाल्ने कार्यमा संलग्न काठमाडौं महानगरपालिका–२३ बस्ने अर्पिता ज्वेलर्सका संचालक भारत पश्चिम बंगाल घर भएका ४७ वर्षीय स्वपन चक्रवर्तीलाई समेत प्रहरीले पक्राउ गरेको छ ।

गत चैत २६ गते दिउँसो उक्त स्थानबाट करिब ७९ लाख १२ हजार ५ सय २ रूपैयाँ बराबरको गरगहना चोरी भएको घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले अमनलाई ललितपुर महानगरपालिका–४ बाट र स्वपनलाई उनकै पसलबाट पक्राउ गरेको हो । साथै प्रहरीले स्वपनको पसलबाट सुन तथा चाँदीको जस्तो देखिने विभिन्न गरगहना समेत बरामद गरेको छ ।

उनीहरू उपर जिल्ला अदालत ललितपुरबाट ५ दिन म्याद थप अनुमति लिइ यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

ताजा खबर

सम्बन्धित खबर