२०८३ कार्तिक १४ गते शनिवार / Oct 31 , 2026 , Saturday
२०८३ कार्तिक १४ गते शनिवार

अनलाइन मार्फत ठगी गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ

Nada
२०८२ चैत २० गते १६:००
Shares
अनलाइन मार्फत ठगी गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ

काठमाडौंः अनलाइन मार्फत ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा कास्की पोखरा महानगरपालिका–१६ बस्ने लम्जुङ दुधपोखरी गाउँपालिका६ घर भएकी ५० वर्षीया वन कुमारी गुरूङलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

सामाजिक संजाल फेसबुकमा फेक एकाउन्ट खोली आकर्षक तलब, सुविधामा जापान पठाई दिन्छु भनी ४ जना पीडितहरूलाई व्यक्तिगत कागजातहरु समेत पठाउन लगाई, विभिन्न बैंक खातामा पटक(पटक गरी ९० लाख रूपैयाँ जम्मा गर्न लगाई ठगी गर्ने कार्यमा संलग्न उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय कास्कीको समन्वयमा पक्राउ गरेको हो । 

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।  

सम्बन्धित खबर