
काठमाडौंः ४० हजार रुपैयाँ घुससहित एक जना सशस्त्र प्रहरी निरीक्षक पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय बर्दिबासको टोलीले धनुषाको लालगढबाट सशस्त्र प्रहरी निरीक्षक ओकिल अधिकारीलाई उक्त घुससहित पक्राउ गरेको हो । ।
.कमला–ढल्केवर–बाग्मती सडक निर्माण खण्डअन्तर्गत माटो तथा ग्राभेल फिलिङ कार्यमा प्रयोग हुने सवारी साधनहरू रोक्ने, अनावश्यक अवरोध सिर्जना गर्ने र घुस माग्ने गरेको उजुरीको आधारमा अख्तियारको टोलीले निगरानी गर्दै आएको थियो । सोही क्रममा उनलाई आज बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको छ ।