२०८३ कार्तिक १४ गते शनिवार / Oct 31 , 2026 , Saturday
२०८३ कार्तिक १४ गते शनिवार

वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गर्ने पक्राउ

Nada
२०८२ चैत १७ गते १५:३१
Shares
वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गर्ने पक्राउ

काठमाडौंः वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टका अनुसार ललितपुरको गोदावरी नगरपालिका–१९ बस्ने ३८ वर्षीय रिजेन नगरकोटीले न्युजिल्यान्ड पठाइदिने बहानामा रु १६ लाख ३० हजार ठगी गरेको अभियोगमा निजलाई आज पक्राउ गरिएको हो ।

अभियुक्तलाई आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ । 

सम्बन्धित खबर