
संखुवासभाः संखुवासभामा १२ वर्षीया बालिका बलात्कृत भएकी छन् । बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा चैनपुर नगरपालिका,७ फलाटे बस्ने १९ वर्षीय निसान कार्की रहेका छन् । उनलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
निसानले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय चैनपुरबाट खटिएको प्रहरील उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।