२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

नवनिर्वाचित सांसदहरूलाई आज सभापति रवि लामिछानेले सम्बोधन गर्ने

Nada
२०८२ चैत ४ गते ०८:२७
Shares
नवनिर्वाचित सांसदहरूलाई आज सभापति रवि लामिछानेले सम्बोधन गर्ने

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित सांसदहरूका लागि जारी आवासीय अभिमुखीकरणमा आज सभापति रवि लामिछानेले सम्बोधन गर्ने भएका छन् ।

ncell

ललितपुरको ग्वार्कोस्थित होटेल रोयल टुलिपमा जारी कार्यक्रममा आज सभापतिको सम्बोधनको तालिका छ । मंगलबारबाट जारी अभिमुखीकरणमा सभापति लामिछाने र वरिष्ठ नेता बालेन्द्र साह (बालेन)सहभागी हुन पाएका थिएनन् ।

प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सांसदहरू कार्यक्रममा सहभागी छन् । आज सभापति लामिछाने र वरिष्ठ नेता शाह समापनमा सहभागी हुन लागेका हुन् ।

सम्बन्धित खबर