२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

बालेनलाई संसदीय दलको नेता बनाउने विषयमा तलमाथि हुँदैन : रास्वपा

Nada
२०८२ चैत १ गते १४:११
Shares
बालेनलाई संसदीय दलको नेता बनाउने विषयमा तलमाथि हुँदैन : रास्वपा

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको नेता छान्न केही समय लाग्ने बताएको छ । 

ncell

आइतबार बसेको पार्टीको सचिवालय बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टी प्रवक्ता मनिष झाले संसदीय दलको नेता छान्न केही समय लाग्ने जानकारी दिएका हुन् । उनले पार्टी सभापति रवि लामिछाने अस्वस्थ रहेकाले संसदीय दलको नेता छान्ने प्रक्रियामा केही ढिलाइ भएको बताए ।

उनले संसदीय दलको नेता बालेन्द्र शाह नै हुने जानकारी दिए । पूर्वसहमति र प्रतिबद्धताबाट दायाँबायाँ नहुने उनको भनाइ छ । उनले संसदीय दलको नेता छान्ने प्रक्रियाका लागि केन्द्रीय समितिको बैठक नै बस्नुपर्ने बताए । दलको नेता छान्न आन्तरिक र अनौपचारिक रुपमा भने छलफल भइरहेको उनले जानकारी दिए ।

उनले भने, ‘हामीले केन्द्रीय समितिको बैठक कुनुपर्छ, आन्तरिक र अनौपचारिक हामीले त्यसमा छलफल गरेका छौं । अझै पनि दलको नेता बनाउनका लागि हामीले प्रक्रियागत रुपमा अगाडि बढाउनका लागि केही नेताहरुको उपस्थितिको प्रतिक्षामा रहेको हुनाले स्वास्थ्य अवस्थाको कारण केही नेताहरुको उपस्थिति अझै पनि पर्खिनुपर्ने भएकोले हामीले कुरिरहेका छौँ । तर एउटा विषय स्पष्ट पारौं, सोसँग सम्बन्धित, हामी त्यसमा जिम्मेवार छौं र प्रतिबद्धता हामीले बिर्सेका छैनौं । त्यसैले केही तलमाथि होला कि भन्ने आशंका नगरियोस् ।’

उनले दलको नेता चयनमा कुनै आशंका नगर्न पनि आग्रह गरे । राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीका वरिष्ठ नेता शाहलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने सहमति गरेर पार्टीमा भित्र्याएको थियो । उक्त सहमति कार्यन्वयन गर्ने प्रवक्ता झाको भनाइ छ ।

सम्बन्धित खबर