२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

कांग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक

Nada
२०८२ फागुन ३० गते १३:५१
Shares
कांग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक

काठमाडौँ : नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । प्रतिनिधि सभा निर्वाचनको परिणाम सार्वजनिक भइसकेपछि कांग्रेसले पहिलोपटक कार्यसम्पादन समितिको बैठक बोलाएको हो ।

ncell

समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारहरूमध्ये दलले प्राप्त गरेको सिट संख्याको आधारमा प्रतिनिधि सभा सदस्य छनौटका लागि बैठक बोलाइएको कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन् ।

उनका अनुसार बैठक आइतबार दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपमा बस्ने छ । काँग्रेसले चैत पहिलो सातासम्म केन्द्रीय कार्यसमिति बैठक पनि बोलाउने तयारी गरेको बताइएको छ ।

सम्बन्धित खबर