
काठमाडौँ : प्रतिनिधि सभा सदस्य निर्वाचनमा डडेल्धुराबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. ताराप्रसाद जोशी विजयी भएका छन् ।
उनले नेपाली कांग्रेसका उम्मेदवार नैनसिंह महरलाई पराजित गर्दै प्रतिनिधिसभामा स्थान सुरक्षित गरेका हुन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जोशीले १९ हजार १३१ मत प्राप्त गरेका छन् भने महरले १२ हजार १२१ मत पाएका छन् ।
त्यसैगरी नेकपाका मान सिंह मालले ६८३४ मत पाए भने नेकपा एमालेका उम्मेदवार चक्रप्रसाद सेतीले २ हजार ९२६ मत प्राप्त गरेका छन् । त्यसैगरी राप्रपाले ८८२ मत पायो ।