२०८२ असार ५ गते बिहिवार / Jun 19 , 2025 , Thursday
२०८२ असार ५ गते बिहिवार
Ads

बीपीको योगदानको चर्चा

shivam cement
सपना बोहरा
२०८१ साउन ६ गते २१:२१
बीपीको योगदानको चर्चा

दाङ : ४२औं बीपी स्मृति दिवसको अवसर पारेर नेपाली कांग्रेस दाङले वृक्षारोपण  गरेको छ । 

नेपाली कांग्रेसका संस्थापक नेता महामानव विश्वेश्वर प्रसाद कोइरालाको ४२ औं स्मृति दिवसको अवसरमा वृक्षारोपण कार्यक्रम गरेको हो ।

घोराही उपमहानगरपालिका  वडा नं. ४ बसन्तापुर सामुदायिक भवनको पार्कमा एक सय पचास विभिन्न जातका  वृक्षारोपण गरेको हो । 

नेपाली कांग्रेस दाङका सभापति शंकरप्रसाद डाँगीको सभापतित्वमा  भएको कार्यक्रमका प्रमुख अतिथि नेपाली  कांग्रेसका केन्द्रीय सदस्य कृष्णकिशोर घिमिरेले कार्यक्रमलाई सम्बोधन  गर्दै विपीको आर्दश र मार्गदर्शनलाई नेतृत्वले अनुशरण गर्नुपर्ने बताए ।

नेपालकै राजनीतिमा बीपीको  अभाव खड्कीरहेको उनले बताए ।  उनले भने, ‘बीपीको संघर्ष, योगदान, त्याग र आदर्श चरित्रबारे पार्टीले नयाँ पुस्तालाई  बुझाउनु पर्छ । त्यसतर्फ नेतृत्वको ध्यानाकर्षण हुनुपर्छ ।’

कार्यक्रममा सहभागी अन्य नेता तथा कार्यकर्ताहरुले बीपीको दर्शन र  प्रजातान्त्रिक समाजवादलाई आत्मसात गर्नुपर्ने बताएका थिए । बीपी नरहे पनि पार्टी सिद्धान्तबाट विचलित नहुने उनले बताए ।

बीपीका विचारधारालाई नयाँ पुस्तामा पुर्‍याउने दायितव नेपाली कांग्रेसको रहेकाले जनताको माझ लैजान जनसमक्ष लैजान संकल्प गर्नुपर्ने उनले बताए । 

कार्यक्रममा नेपाली कांग्रेस दाङका पूर्व सभापतिहरु बिर्केस्वरी गौतम, मोहन वली, नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री खगराज पाण्डे, महासमिति सदस्य भुपबहादुर डाङी, जानकीलाल बस्नेत, नेपाल विद्यार्थी संघ दाङका सभापति कुलराज पोख्रेल, विद्यार्थी नेता निरज गिरि लगायतले बीपीको योगदानको बारेमा चर्चा गरेका थिए ।  

कांग्रेस दाङका उपसभापती कमानसिंह  भारतीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण सचिव  अर्जुन योगीले  गरेका थिए । कार्यक्रममा सहभागीहरुलाई अर्का उपसभापति गिरिराज  सुवेदीले धन्यवाद ब्यक्त गरेका थिए ।

त्यसैगरी बीपी कोइरालाको स्मृतिमा तुलसिपुरमा पनि  वृक्षारोपण गरिएको छ । नेपाली कांग्रेस तुलसीपुर ५ को आयोजनामा बसपार्क लाइनमा विभिन्न जातका बिरुवा रोपिएको हो ।  

कार्यक्रम  नेपाली कांग्रेसका प्रभावशाली केन्द्रीय सदस्य तथा पूर्व सभाषद् गेहेन्द्र गिरिले बिरुवा रोपेर उद्घाटन गरेका थिए । 

कांग्रेस केन्द्रीय सदस्य गिरिले नेपाली राजनीतिमा बीपीले अघि सारेको मेलमिलापको नीतिलाई आत्मसात गर्नुपर्नेमा जोड दिएका थिए ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise