२०८२ असार ५ गते बिहिवार / Jun 19 , 2025 , Thursday
२०८२ असार ५ गते बिहिवार
Ads

नेपाल स्काउट ऐनलाई समयानुकूल परिमार्जन गरी आवधिक निर्वाचन गराउन जरुरी : खेलकुदमन्त्री

shivam cement
मध्यान्ह
२०८२ असार ५ गते ११:४५
नेपाल स्काउट ऐनलाई समयानुकूल परिमार्जन गरी आवधिक निर्वाचन गराउन जरुरी : खेलकुदमन्त्री

काठमाडौं : युवा तथ खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपाल स्काउट ऐनलाई समयानुकूल परिमार्जन गरी आवधिक निर्वाचन गराउन जरुरी रहेको बताएका छन् । बिहीबार काठमाडौंमा नेपाल स्काउटको ७४औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले समयमा नै नेपाल स्काउट ऐन ल्याउनको लागि मन्त्रालय प्रभावकारी रुपमा काम गरिरहेको जानकारी दिए । उनले नयाँ ऐनले हाल देखिएका समस्याहरुको समाधान गर्ने विश्वास व्यक्त गरे । उनले विपद्जन्य जोखिमबाट बच्न पूर्णतयारी तथा विपद्का लागि स्काउट स्वयंसेवकहरुको भूमिका महत्वपूर्ण हुने बताए ।

उनले नेपाल स्काउटको आन्तरिक स्रोतको व्यवस्थापन गरी स्काउट क्रियाकलापलाई विकास र विस्तार गर्न नेतृत्वलाई निर्देशन दिए । नेपाल स्काउटको स्रोत र सम्पत्तिलाई एकीकृत गरी नेपाल स्काउटको स्वामित्वमा ल्याइ त्यसको उचित व्यवस्थापन र परिचालनमा समेत ध्यान दिन उनले निर्देशन दिए ।

मन्त्री चौधरीले स्काउटको व्यापक विस्तारका लागि सन् २०३२ सम्ममा सात लाख संस्था पुर्‍याउनका लागि कार्ययोजनासहित अघि बढ्न नेपाल स्काउटको नेतृत्वलाई निर्देशन दिए । समाजका सबै तह र तप्कामा स्काउटको बलियो नेतृत्व र उपस्थिति आवश्यक रहेको उनले बताए ।

मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशलाई विशेष ध्यान दिएर स्काउटले काम गर्नुपर्ने उनले बताए । नेपाल स्काउटलाई सबै प्रदेश र स्थानीय तहसम्म पुर्‍याउन, समुदायस्तरमा सक्रिय बनाउन र समाजमा रहेका हरेक विकृति र विसंगतिको अन्त्य गर्नु आजको आवश्यकता भएको उनले बताए ।

ADV

सम्बन्धित खबर

Advertise