काठमाडौंः काठमाडौंमा १२ वर्षीया बालिका बलात्कृत भएकी छन् ।
बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कागेश्वरी मनोहरा नगरपालिका–७ बस्ने रामचन्द्र ढुङ्गानालाई सोमबार दिउँसो प्रहीले पक्राउ गरेको छ ।
रामचन्द्रले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा उक्त स्थानमा खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।