२०८२ भदौ ३१ गते मङ्गलवार / Sep 16 , 2025 , Tuesday
२०८२ भदौ ३१ गते मङ्गलवार
Ads

दशैंको टीकाको उत्तम साइत ११ बजेर ५३ मिनेटमा

shivam cement
मध्यान्ह
२०८२ भदौ ३१ गते १९:१७
दशैंको टीकाको उत्तम साइत ११ बजेर ५३ मिनेटमा

काठमाडौं : नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले वि.सं. २०८२ को दशैं पर्वका लागि शुभ साइतहरू सार्वजनिक गरेको छ । सार्वजनिक साइतअनुसार यस वर्षको दशैंको टीकाको उत्तम साइत असोज १६ गते बिहान ११ः५३ बजे रहेको समितिले जनाएको छ ।

यस वर्षको दशैं असोज ६ गते सोमबारदेखि सुरु हुनेछ । सो दिन बिहान ९:१३ बजे घटस्थापनाको शुभ साइत रहेको छ । त्यसैगरी, असोज ७ गते मंगलबार बिहान ९:५३ बजे झण्डा फेर्ने साइत तोकिएको छ, जसमा पूर्व दिशा फर्कनुपर्ने जनाइएको छ । असोज ११ गते शनिबार श्रीपचली भैरव यात्रा आयोजना हुनेछ ।

असोज १३ गते सोमबार फूलपातीको साइत बिहान ७:१७ बजे रहेको छ भने सोही समयमा श्री तुलजा भवानी यात्रा पनि हुनेछ । त्यही दिन बिहान ९:२३ बजे स्थिरासनको साइत तोकिएको छ । असोज १४ गते मंगलबार महाष्टमी र कालरात्रि पर्व मनाइनेछ भने असोज १५ गते बुधबार महानवमीको पूजा गरिनेछ ।

दशैंको मुख्य दिन विजया दशमी असोज १६ गते बिहीबार परेको छ । सो दिन बिहान ९:२३ बजे देवी विसर्जनको साइत छ भने बिहान ११:५३ बजे टीका लगाउने उत्तम साइत रहेको छ । टीका लगाउँदा पूर्व दिशा फर्कनुपर्ने समितिले जनाएको छ । त्यही दिन दिउँसो १२:१९ बजे श्री तुलजा भवानी यात्रा र १:१७ बजे स्थिरासनको साइत छ । साथै, खड्ग यात्रा पनि सोही दिन आयोजना हुनेछ ।

दशैंको समापन असोज २० गते सोमबार अखिल बलिपूर्ति र कोजाग्रत पूर्णिमा व्रतका साथ हुनेछ । समितिले यी साइतहरू पालना गरी धार्मिक र सांस्कृतिक महत्त्व बोकेको दशैं पर्वलाई उत्साहपूर्वक मनाउन सबैलाई आग्रह गरेको छ ।

ADV

सम्बन्धित खबर

Advertise