२०८२ भदौ १८ गते बुधवार / Sep 03 , 2025 , Wednesday
२०८२ भदौ १८ गते बुधवार
Ads

इटाली र युएई पठाइदिन्छु भन्दै ठगी गर्ने २ जना पक्राउ

shivam cement
मध्यान्ह
२०८२ भदौ १८ गते १३:५८
इटाली र युएई पठाइदिन्छु भन्दै ठगी गर्ने २ जना पक्राउ

काठमाडौंः वैदेशिक रोजगारीको लागि इटाली र युएई पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–२६ बस्ने सल्यान बागचौर नगरपालिका–९ घर भएका ३५ वर्षीय रमेशराज डाँगी र भक्तपुर सूर्यबिनायक नगरपालिका–६ बस्ने दैलेख नौमुले गाउँपालिका–२ घर भएका २४ वर्षीय खगेन्द्र मल्ल रहेका छन् । 

पक्राउ मध्ये रमेशराजले इटाली पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट १९ लाख ८५ हजार रूपैयाँ र खगेन्द्रले युएई पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ६ लाख ५० हजार रूपैयाँ लिइ सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले रमेशराजलाई काठमाडौं महानगरपालिका–१२ बाट आइतबार र खगेन्द्रलाई भक्तपुर सूर्यबिनायक नगरपालिका–६ बाट मंगलबार पक्राउ गरेको हो ।  

उनीहरू मध्ये रमेशराजलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ भने खगेन्द्रलाई वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।  

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise