२०८२ भदौ १८ गते बुधवार / Sep 03 , 2025 , Wednesday
२०८२ भदौ १८ गते बुधवार
Ads

गाजामा भएको इजरायली आक्रमणमा १ सय बढीको मृत्यु

shivam cement
मध्यान्ह
२०८२ भदौ १८ गते १७:०७
गाजामा भएको इजरायली आक्रमणमा १ सय बढीको मृत्यु

काठमाडौंः गाजामा बुधबार भएको इजरयली आक्रमणमा मृत्यु हुनेहरुको सङ्ख्या एक सय १२ पुगेको छ । तीमध्ये सहायताको खोजीमा रहेका २४ जनाको मृत्यु भएको प्यालेस्टिनी चिकित्सा स्रोतहरूले जनाएका छन् ।   

अल शिफा अस्पतालमा ३६, शेख रादवान क्लिनिकमा पाँच जना, अल अहली अरब अस्पतालमा १३, अल अवदा अस्पतालमा १२, अल अक्सा शहीद अस्पतालमा छ र नासेर अस्पतालमा ४० जना मारिएका छन् ।

सन् २०२३ अक्टोबर ७ देखि इजरायली एकाइले गाजा पट्टीमा अभूतपूर्व आक्रमण जारी राखेको छ, जसमा हत्या, भोकमरी, विनाश र जबरजस्ती विस्थापन समावेश छन् । 

यस आक्रमण रोक्न अन्तर्राष्ट्रिय अदालत र विश्व समुदायका सबै आह्वान र आदेशहरूलाई बेवास्ता गरिएको छ ।

पट्टीमा यस आक्रमणको परिणामस्वरूप अहिलेसम्म ६३ हजार छ सय ३३ शहीद र एक लाख ६० हजार नौ सय १४ घाइते भएका छन् । तीमध्ये अधिकांश बालबालिका र महिला छन् । 

त्यस्तै नौ हजारभन्दा बढी व्यक्ति बेपत्ता छन् र सयौँ हजार विस्थापित भएका छन् । एजेन्सी 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise