२०८२ भदौ १८ गते बुधवार / Sep 03 , 2025 , Wednesday
२०८२ भदौ १८ गते बुधवार
Ads

बझाङमा राष्ट्रिय युवा संघद्वारा रक्तदान कार्यक्रम सम्पन्न

shivam cement
सत्यराज सिंह
२०८२ भदौ १८ गते १६:४३
बझाङमा राष्ट्रिय युवा संघद्वारा रक्तदान कार्यक्रम सम्पन्न

बझाङ : राष्ट्रिय युवा संघ नेपाल, जिल्ला कमिटी बझाङले बुधबार जिल्ला अस्पताल बझाङमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । संघको केन्द्रीय सर्कुलरअनुसार भएको यो कार्यक्रमले जिल्लामा रगतको अभाव कम गर्ने लक्ष्य राखेको छ ।

जिल्ला कमिटी अध्यक्ष धिरेन्द्र बहादुर सिंहका अनुसार, रक्तदानमार्फत जिल्लावासीलाई आवश्यक समयमा रगत उपलब्ध गराउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो । 'हाम्रो प्रयासले अस्पतालमा रगतको अभाव हुनेछैन र बिरामीहरूलाई समयमै सहयोग पुग्नेछ,' उनले भने ।

कार्यक्रममा युवा संघका पाँच जना सदस्यले रक्तदान गरेका छन् । साथै, अन्य सदस्यहरूको रगत समूह पहिचान गरी आवश्यक परेमा तत्काल उपलब्ध गराउने व्यवस्था गरिएको केन्द्रीय सदस्य तथा बझाङ इन्चार्ज संसार खड्काले बताए ।

जिल्ला अस्पतालले रगतको अभाव भएको समयमा युवा संघले गरेको सहयोगप्रति कृतज्ञता व्यक्त गरेको छ ।

No description available.

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise