२०८२ भदौ २७ गते शुक्रवार / Sep 12 , 2025 , Friday
२०८२ भदौ २७ गते शुक्रवार
Ads

व्यवसायी भन्छन्- ‘जेनजी आन्दोलनमा राजनीतिक घुसपैठ हुँदा दशैंको मुखमा व्यवसाय चौपट भयो’

shivam cement
मध्यान्ह
२०८२ भदौ २७ गते १३:१०
व्यवसायी भन्छन्- ‘जेनजी आन्दोलनमा राजनीतिक घुसपैठ हुँदा दशैंको मुखमा व्यवसाय चौपट भयो’

काठमाडौं : जेनजी आन्दोलनमा राजनीतिक घुसपैठ हुँदा मुलुकको उद्योग तथा व्यवसाय ध्वस्त भएको भन्दै व्यवसायीहरु चिन्तित बनेका छन् ।

मुलकमा भ्रष्टाचार नियन्त्रण गर्ने जेनजी पुस्ताको माग जायज भएपनि आन्दोलनमा राजनीतिक दलहरुको घुसपैठले निजी व्यवसायीहरुले ठुलो क्षति व्यहोर्नुपरेको भन्दै व्यवसायीहरु चिन्तित बनेका हुन् ।

आन्दोलनको क्रममा लुटिएका तथा आगजनीमा परेका सामानहरुको क्षतिपूर्ति कसले दिने भन्ने चिन्ता व्यवसायीमा छ । न्युरोडका कपडा व्यवसायीहरुले दशैंको मुखमा व्यवसाय सखाप भएको तथा नयाँ सामान ल्याउन भन्सारले नदिने भन्दै आफूहरु निकै पीडामा परेको बताए । राज्य संरचना समेत ध्यवस्त भएको कारण सरकारलाई भन्ने अवस्था समेत नरहेको कारण आफूहरुमा अन्योलता बढेको एक व्यवसायीको भनाइ छ । 

जेनजी पुस्ताको मागअनुसार अन्तरिम सरकार गठन गरेर मुलुकलाई दिशामा अगाडि लैजानुपर्ने उनीहरुको माग छ । संपिवधानको आवश्यक पुनरावलोकन गरेर प्रत्यक्ष कार्यकारीमा जाने व्यवस्था गर्नुपर्ने अर्का कपडा व्यवसायीको माग छ ।

भदौ २३ र २४ गते भएको जेन–जी पुस्ताको आन्दोलन करिव ४८ घण्टा चल्दा करिव ३ दर्जन व्यक्तिको मृत्यु तथा सिंहदरबारलगायत राज्यका भौतिक संरचनामा व्यापक क्षति पुगेको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise