२०८२ भदौ २६ गते बिहिवार / Sep 11 , 2025 , Thursday
२०८२ भदौ २६ गते बिहिवार
Ads

वैदेशिक रोजगारमा जानेहरू प्रभावित

shivam cement
२०८२ भदौ २६ गते ०६:२०
वैदेशिक रोजगारमा जानेहरू प्रभावित

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुला भएपनि वैदेशिक रोजगारमा जानेहरूको उडान सुरु हुन सकेको छैन । बिहीबार यसअघि टिकट लिएकाहरूको फाट्टफुट्ट उडान सुरु भएको छ ।

राजधानीमा निषेधाज्ञाको आदेश जारी भएकाले अधिकांश म्यानपावर कम्पनी बुधबार बन्द रहे । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष भुवनसिंह गुरुङले स्थिति सामान्य भएको अवस्थामा शुक्रबारदेखि नेपाली कामदार वैदेशिक रोजगारमा जानसक्ने आंकलन गरेका छन् । 

विमानस्थल बन्द भएसँगै नयाँ र पुनः श्रम स्वीकृतिका माध्यमबाट दैनिक २५ सयको हाराहारीमा वैदेशिक रोजगारीमा जाने कामदार प्रभावित भएका छन् । वैदेशिक रोजगार व्यवसायीहरूले नेपालमा उत्पन्न विषम परिस्थितिका कारण अन्तर्राष्ट्रिय विमानस्थल बन्द रहेको विषय रोजगारदाताहरूले जानकारी पाएका कारण तत्काल कामदार पठाउन दबाब नदिएको बताएका छन् ।

तर नेपालको विषम अवस्था यथावत रहे राजेगारदाताले छिटो कामदार पठाउन दबाब दिने र पठाउन नसकेको अवस्थामा कम्पनीसँगको सम्बन्ध बिग्रिने विषयले भने व्यवसायीमा तनाव देखिएको छ । राजधानीमा आगजनी र दंगा भड्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेताहरू भाग्नसक्ने भन्दै आन्दोलनकारीहरूले दबाब दिएपछि मंगलबार अपराह्नदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरिएको थियो ।

विमानस्थल कार्यालयले अर्को सूचना जारी नभएसम्म विमानस्थल खुल्ने समय निश्चित भएको अवस्थामा विमानस्थल सञ्चालक समितिको बैठकले दिउँसो विमानस्थलमा उडान सुरु गर्ने निर्णय गरेको थियो ।

यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान अवतरण मार्गमा देखिएको धुँवालगायतले विमानको सुरक्षामा गम्भीर असर पर्न सक्ने देखिएको भन्दै विमानस्थल कार्यालयले अर्को सूचना जारी नभएसम्म विमानस्थल बन्द रहेको बताएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिकतर्फ १२ हेलिकप्टर कम्पनीसहित २१ वायुसेवा कम्पनी र अन्तरराष्ट्रियतर्फ तीन नेपालीसहित ३० हवाई कम्पनीले उडान भर्दै आएका छन् ।

ADV

सम्बन्धित खबर

Advertise