२०८२ भदौ १७ गते मङ्गलवार / Sep 02 , 2025 , Tuesday
२०८२ भदौ १७ गते मङ्गलवार
Ads

४० हजार नेपाली महिला कुवेतमा बेचिएको आरोप

shivam cement
मध्यान्ह
२०८२ भदौ १७ गते ०८:०७
४० हजार नेपाली महिला कुवेतमा बेचिएको आरोप

काठमाडौ : राष्ट्रिय सभा सदस्य नरबहादुर विष्टले भिजिट भिसामार्फत ४० हजार नेपाली महिलालाई कुवेतमा लगेर बेचिएको बताएका छन् ।

राष्ट्रिय सभाको सोमबारको बैठकमा बोल्दै सांसद विष्टले भिजिट भिसामा जाँदा अहिले पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन विभागका कर्मचारीलाई १ लाख घुस दिनुपर्ने विवरण जानकारीमा आएको बताए । 

नेपालबाट अवैधानिक रूपमा लगेर कुवेतको एउटा  घरमा बन्धक बनाएर राखी शोषण गरिएको बताए । ठुलो संख्यामा महिला बेचिएको विषयबारे सरकार र गृह मन्त्रालयले सदनलाई जानकारी दिन नचाहेको बताए ।

उनले समस्यामा परेकालाई तत्काल उद्वार गर्न पनि जोड दिए । कुवेतको घरेलु श्रम बजारमा नेपाली महिला कामदारको संख्यामा आश्चर्यजनक रूपमा बढेर ६१ प्रतिशतले पुगेको अरब टाइम्स अनलाइनले गत जुलाई २१ को अंकमा उल्लेख गरेको थियो ।
 

ADV

सम्बन्धित खबर

Advertise