२०८२ भदौ १२ गते बिहिवार / Aug 28 , 2025 , Thursday
२०८२ भदौ १२ गते बिहिवार
Ads

चोरीको ट्याक्टरसहित दुई जना पक्राउ

shivam cement
धर्मेन्द्रकुमार साह
२०८२ भदौ १२ गते १४:१७
चोरीको ट्याक्टरसहित दुई जना पक्राउ

रौतहट : प्रहरीले चोरीको ट्याक्टरसहित दुई जनालाई पक्राउ गरेको छ । रौतहटबाट चोरी भएको उक्त ट्याक्टर सर्लाहीबाट बरामद गरिएको हो । 

रौतहटको वृन्दावन नगरपालिका वडा नं. ९ आंकर पाथर टोल बस्ने शैलेन्द्र राउत कुर्मीको खेतमा राखिएको ट्याक्टर चोरी भएको दुई दिनपछि सर्लाहीबाट फेला पारिएको  इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

साउन ८ गते राति मधेश प्र.२–०३–००१ त १९२४ नम्बरको ट्याक्टर चोरी भएको थियो । चोरी भएको ट्याक्टर साउन १० गते सर्लाहीको फेन्हरा क्षेत्रमा फेला परेको थियो । रोटाभेटरसहित ट्याक्टर चोरी भए पनि प्रहरीले बरामद गर्दा रोटाभेटर फेला परेको छैन । 

प्रहरीले चोरीमा संलग्न रहेको आशंकामा सर्लाहीको  बरहथवा नगरपालिका वडा नं. ३ बस्ने १९ वर्षीय बिजिन्द्र दास र बरहथवा नगरपालिका वडा नं. ७ बस्ने २६ वर्षीय विनोद पण्डितलाई पक्राउ गरेको छ । पक्राउ परेकाहरूविरुद्ध डाँका चोरी मुद्दामा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise