२०८२ भदौ १० गते मङ्गलवार / Aug 26 , 2025 , Tuesday
२०८२ भदौ १० गते मङ्गलवार
Ads

माग पूरा गर्ने सहमतिपछि अनशन तोडियो

shivam cement
मध्यान्ह
२०८२ भदौ ९ गते २१:२४
माग पूरा गर्ने सहमतिपछि अनशन तोडियो

रौतहट : विभिन्न माग राखेर करिब ६ दिनदेखि आमरण अनशनमा बसेका यमुनामाई गाउँपालिका वडा नं. २ का वडाध्यक्ष सिताराम यादवले अनशन तोडेका छन् ।

प्रमुख जिल्ला अधिकारी विनोद खड्काको पहलमा गाउँपालिकाले माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि अनशन तोडिएको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम श्रेष्ठ यादवका अनुसार तत्काल उपलब्ध गराउन सकिने कागजातहरू दिइसकिएको छ भने बाँकी कागजातहरू कार्यपालिका बैठकमार्फत उपलब्ध गराइने सहमति भएको छ ।

अनशन तोडिने क्रममा करिब ४ घण्टा वडाध्यक्ष यादव र गाउँपालिका प्रशासनबीच छलफल चलेको थियो । सहमति पश्चात प्रमुख जिल्ला अधिकारी खडकाले यादवलाई जुस खुवाएका थिए ।

आन्दोलनकारीहरूले आर्थिक वर्ष २०७९/८० देखि ८२ सम्मका गाउँ सभा निर्णय, कार्यपालिका बैठकको माइनुट, बजेट तथा लेखा परीक्षण प्रतिवेदन, कर्मचारी नियुक्ति प्रमाणपत्र, अनलाइन टेन्डर र बिडिङ प्रणाली लागु गर्ने, स्वास्थ्य बीमा, गाउँपालिका स्तरिय अस्पताल स्थापना, घरबत्ती विद्युत महसुल मुक्त गर्ने लगायतका १३ बुँदे माग राखेका थिए ।

यसअघि गाउँसभाको पूर्वसन्ध्यामा जनप्रतिनिधिहरूले कार्यपालिका भवन अगाडि अनिश्चितकालीन धर्ना सुरु गरेका थिए । आन्दोलनकारीहरूले पालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीच अनियमित काम भएको भन्दै आन्दोलन गर्नु परेको बताएका थिए ।

ADV

सम्बन्धित खबर

Advertise