२०८२ भदौ ९ गते सोमवार / Aug 25 , 2025 , Monday
२०८२ भदौ ९ गते सोमवार
Ads

अवैध सुर्ती बरामद

shivam cement
धर्मेन्द्रकुमार साह
२०८२ भदौ ९ गते १३:३०
अवैध सुर्ती बरामद

रौतहट : सशस्त्र प्रहरी बलले रौतहटको ईशनाथ नगरपालिका-४, मठियास्थित एक भट्टी पसलबाट ठुलो परिमाणमा अवैध सुर्ती बरामद गरेको छ । आइतबार राति करिब १२ बजे सशस्त्र प्रहरी बल ११ नम्बर गणका गणपति सन्तोषकुमार बस्नेतको नेतृत्वमा गएको टोलीले अवैध सुर्ती बरामद गरेको हो ।

बरामद गरिएको सुर्ती रामसिंह चनौको भट्टी पसल नजिकै चुमन मियाको धान खेतमा लुकाएर राखिएको अवस्थामा फेला परेको सशस्त्र प्रहरी उपरीक्षक बस्नेतले बताए । यो पसल नेपाल-भारत सीमाको दसगजाबाट करिब २०० मिटरको दूरीमा रहेको छ ।

प्रहरीका अनुसार करिब ३ लाख ६२ हजार ७५० रुपैयाँ बराबरको ३० बोरामा ७४५ केजी सुर्ती तथा सुर्तीजन्य पदार्थ बरामद गरिएको छ । बरामद सामग्री गौर भन्सार कार्यालय रौतहटमा बुझाइएको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise