२०८२ साउन २१ गते बुधवार / Aug 06 , 2025 , Wednesday
२०८२ साउन २१ गते बुधवार
Ads

भदौ ३ देखि भृकुटीमण्डपमा ‘नाडा अटो सो २०२५’ हुने

shivam cement
मध्यान्ह
२०८२ साउन २० गते २१:०३
भदौ ३ देखि भृकुटीमण्डपमा ‘नाडा अटो सो २०२५’ हुने

काठमाडौं : नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)को आयोजनामा भदौ ३ गतेदेखि ८ गतेसम्म भृकुटीमण्डपमा ‘नाडा अटो सो २०२५’ आयोजना हुने भएको छ । नाडाले मंगलबार पत्रकार सम्मेलन गरी ‘नाडा अटो सो २०२५’ घोषणा गरेको हो । 

अटो सो १९ वटा चारपांग्रेका ब्रान्ड, १३ वटा हल्का व्यावसायिक सवारीसाधनका ब्रान्ड, चारवटा दुईपांगे्र सवारी ब्रान्डको सहभागिता रहने बताइएको छ । 

यस्तै, ३५ कम्पनी (ल्युब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र वित्तीय संस्था)लगायतको  सहभागिता हुने नाडाले जनाएको छ । अटो सो ‘गो फर मोर’ भन्ने नारासहित आयोजना हुनेछ । 

अटो सोले नवीनतम प्रविधि, ग्राहक संलग्नता र अटो क्षेत्रको सम्पूर्ण ‘इकोसिस्टम’ एकै छानामुनि हुने आयोजकले जनाएको छ । 

अटो सो केवल सोका लागि मात्र नभई, नेपालको दिगो, स्मार्ट र भविष्यमुखी गतिशीलताको प्रतिबिम्बका रूपमा हुने नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीले बताए ।

‘यो हाम्रो प्रदर्शनी नभएर चाड हो । ३ लाख वर्गफुट क्षेत्रफल र १ लाख ६२ हजार ५ सय वर्गफुट प्रदर्शनी क्षेत्रसहित यो नेपालको अहिलेसम्मकै सबैभन्दा ठुलो अटो सो हुनेछ,’ अध्यक्ष चौधरीले भने । नाडाले प्रदर्शनी १ लाखभन्दा बढीले अवलोकन गर्ने अपेक्षा लिएको छ ।  
 

ADV

सम्बन्धित खबर

Advertise