२०८२ साउन २१ गते बुधवार / Aug 06 , 2025 , Wednesday
२०८२ साउन २१ गते बुधवार
Ads

सानिमा र पाटन अस्पतालले विपन्नको उपचारमा सहकार्य गर्ने

shivam cement
मध्यान्ह
२०८२ साउन २० गते २०:५५
सानिमा र पाटन अस्पतालले विपन्नको उपचारमा सहकार्य गर्ने

काठमाडौं : सानिमा बैंक लिमिटेड र पाटन अस्पतालबीच विपन्न महिलाहरूको उपचारका लागि आर्थिक सहयोग गर्ने सम्झौता भएको छ । एक वर्षका लागि सानिमा बैंकले न्यून आर्थिक अवस्था भएका महिलाहरूको उपचारका लागि सो अस्पताललाई आर्थिक सहयोग उपलब्ध गराउने सम्झौता भएको हो ।

बैंकले २०७४ सालदेखि विपन्न महिलाहरूको उपचारका लागि उक्त अस्पतालमार्फत आर्थिक सहयोग गर्दै आइरहेको जनाएको छ । बैंकले प्रत्येक ‘नारी बचत खाता’ खोलेबापत बैंकका तर्फबाट मासिक १ रुपैयाँको दरले नारी राहत कोषमा रकम जम्मा गर्दै आएकोे छ । सो कोषमा जम्मा भएको रकम देशभरका विभिन्न अस्पतालमार्फत विपन्न नारीहरूको उपचारमा सहयोग गर्दै आएको बैंकले जनाएको छ ।

पाटन अस्पतालको परिसरमा आयोजित एक कार्यक्रममा पाटन अस्पतालका निर्देशक डा. रवि शाक्य र सानिमा बैंकका प्रमुख निक्षेप अधिकृत हेमराज सञ्ज्यालले सो सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । 

ADV

सम्बन्धित खबर

Advertise