काठमाडौं : सेग्वे–नाइनबोटको नेपालका अधिकृत वितरक आइहबले ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’मा सेग्वेका चार नयाँ मोडेल सार्वजनिक गर्ने भएको छ । काठमाडौंको भृकुटीमण्डपमा साउन २१ देखि २५ गतेसम्म आयोजना हुने आइहबले सेग्वेको नयाँ चार मोडेल सार्वजनिक गर्ने भएको हो ।
कम्पनीका अनुसार यसपटक नेपाली बजारमा लागि ल्याउन लागिएका मोडेलहरूमा दुई ई–स्कुटर ई १५० एमके २ र ई १२५ एमके २, एक ई–बाइक जाइबर र एक ई–साइकल जाफारी रहेका छन् । यी मोडेलहरू सहरी दैनिक प्रयोगदेखि जीवनशैली र वातावरणमैत्री यात्रासम्मका विभिन्न आवश्यकतामा उपयुक्त हुनेगरी डिजाइन गरिएको कम्पनीले जनाएको छ ।
‘सेग्वे ई १५० एमके २’ मा ७ हजार ५ सय वाट मोटर र दुईवटा १ हजार ९ सय ४४ वाट–घण्टा ब्याट्री रहेको छ, जसले अधिकतम ९० किमी÷घण्टा गतिमा ७५ देखि १ सय २० किमीसम्म यात्रा गर्न सक्ने कम्पनीले दाबी गरेको छ । ‘सेग्वे ई १२५ एमके २’ मा ३६ सय वाट मोटर र १ हजार ९ सय ४४ वाट–घण्टा ब्याट्री रहेको छ, जसले ७० किलोमिटर प्रतिघण्टासम्मको गति लिन सक्छ ।
‘सेग्वे जाइबर ई–बाइक’ मा ३ हजार वाट हब मोटर र १ हजार ४ सय ४० वाटको लिथियम ब्याट्री रहेको छ । यसले अधिकतम ३२ किमी÷घण्टा गतिमा ७७ किलोमिटरसम्म चल्न सक्ने कम्पनीको दाबी छ । ‘सेग्वे जाफारी ई–साइकल’मा ७ सय ५० वाट मोटर, ९ सय ३६ वाटको ब्याट्री रहेको छ, जसले अधिकतम ३२ किमी÷घण्टा गति लिन सक्छ र ५८ किमीसम्म चल्न सक्छ । साथै यसमा रहेको २५ केजी रियर क्यारियर क्षमता दैनिक प्रयोगकर्ताका लागि उपयोगी हुने अपेक्षा गरिएको छ ।
यी चार मोडेलको लन्चसँगै नेपालमा सेग्वेको विद्युतीय सवारीसाधनको उपस्थिति अझ मजबुत हुने अपेक्षा कम्पनीको छ ।