२०८२ साउन २० गते मङ्गलवार / Aug 05 , 2025 , Tuesday
२०८२ साउन २० गते मङ्गलवार
Ads

भिजिट भिसाबारे राप्रपा र रास्वपाको आन्दोलनलाई सरकार र संसदले चासो देखाएन : सांसद सिंह

shivam cement
मध्यान्ह
२०८२ साउन २० गते १४:१०
भिजिट भिसाबारे राप्रपा र रास्वपाको आन्दोलनलाई सरकार र संसदले चासो देखाएन : सांसद सिंह

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले भिजिट भिसा प्रकरणलाई लिएर आन्दोलन गरेको ७० दिन बितिसक्दा पनि सरकारले चासो नदेखाएको बताएका छन् । मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

संसदमा दुई राजनीतकि दलहरु राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले बैठक बहिष्कार गर्दै आएको छ । उनीहरुले उच्चस्तरको छानविन समितिको माग गर्दै संसद अवरोध गर्दै आएका छन् । तर सरकारले आन्दोलन गरेको ७० दिनसम्म पनि चासो नदिनु दुःखद् भएको सांसद सिंहले बताए । भिजिट भिसाको नाममा बहिष्कार गर्नेहरुलाई नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले प्रतिवदमा उत्रिने भनेको भन्दै उनले आपत्ति जनाए ।

सांसद सिंहले रोजगारी देशमा दिनसक्नुपर्ने बताए । संसदको बैठक बहिष्कार गरेको दिनको भत्ता राप्रपा सांसदहरुले नलिने पनि घोषणा गरे ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise