२०८२ साउन २० गते मङ्गलवार / Aug 05 , 2025 , Tuesday
२०८२ साउन २० गते मङ्गलवार
Ads

वैदेशिक रोजगारसम्बन्धी विज्ञापन अनिवार्य रुपमा राष्ट्रिय दैनिक र सरकारी अनलाइनमा प्रकाशन गर्न मन्त्रालयको निर्देशन

shivam cement
मध्यान्ह
२०८२ साउन २० गते ०९:२३
वैदेशिक रोजगारसम्बन्धी विज्ञापन अनिवार्य रुपमा राष्ट्रिय दैनिक र सरकारी अनलाइनमा प्रकाशन गर्न मन्त्रालयको निर्देशन

काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले अबदेखि वैदेशिक रोजगारसम्बन्धी सबै विज्ञापनहरू अनिवार्य रुपमा “श्रम संसार रोजगार पोर्टल” (www.shramsansar.gov.np) र “श्रम संसार एप” मार्फत अनलाइन प्रकाशन गर्नुपर्ने व्यवस्था लागू गरेको छ ।

विभागले वैदेशिक रोजगार ऐन, २०६४ को दफा २२(३) र वैदेशिक रोजगार नियमावली, २०६४ को नियम ७ अनुसार आवश्यक विवरण खुलाइ राष्ट्रिय दैनिक पत्रिकामा विज्ञापन प्रकाशन गर्नुपर्ने व्यवस्था यथावत रहेको जनाएको छ । तर, उक्त विज्ञापन अब श्रम संसार पोर्टलमा समेत अपलोड गर्नुपर्ने अनिवार्य व्यवस्था गरिएको हो ।

सरकारले श्रम संसार पोर्टललाई नागरिक एपसँग समन्वय गरी सञ्चालनमा ल्याएपछि उक्त एपबाट समेत नागरिकहरूले सजिलै विज्ञापन हेर्न सक्ने व्यवस्था मिलाइएको विभागले स्पष्ट पारेको छ । विज्ञापन राष्ट्रिय दैनिकमा मात्र प्रकाशित हुँदा नागरिक एपमार्फत सत्यापन गर्न नसकिने भएकाले अनलाइन प्रकाशनलाई अनिवार्य बनाइएको सूचनामा उल्लेख छ ।

विभागले सबै वैदेशिक रोजगार व्यवसायीहरूलाई वैदेशिक रोजगारका लागि कामदार पठाउन विज्ञापन प्रकाशन गर्दा श्रम संसार पोर्टल वा एपमा अपलोड गर्न र सम्पूर्ण विवरण समेट्न सूचित गरेको छ ।

यहि साउन १३ गतेदेखि लागू गरिएको यस व्यवस्था अनुसार, अनलाइनमा विज्ञापन अपलोड नगरेमा अपूर्ण ठहरिने र नियमानुसार कारबाही गरिने विभागले चेतावनी दिएको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise