२०८२ भदौ १२ गते बिहिवार / Aug 28 , 2025 , Thursday
२०८२ भदौ १२ गते बिहिवार
Ads

समयमै ११ ठेक्का सम्पन्न गर्ने निर्माण व्यवसायी पौडेल सम्मानित

shivam cement
सूर्यप्रसाद भुसाल
२०८२ असार २५ गते २०:५८
समयमै ११ ठेक्का सम्पन्न गर्ने निर्माण व्यवसायी पौडेल सम्मानित

अर्घाखाँची : अर्घाखाँची जिल्लामा रहेको जलस्रोत तथा सिँचाइ डिभिजन कार्यलयमा काम गर्ने क्रियाशील निर्माण व्यवसायीहरू मध्ये निर्माण सम्पन्न गर्नु पर्ने समयभन्दा अगावै निर्माण कार्य सम्पन्न गर्ने सूचीको अग्रपङ्तीमा परिचित नाम हो लुम्बिनी निर्माण सेवा । जसका सञ्चालक हुन् सन्धिखर्क ८ का सन्चालक नारायण पौडेल । 

व्यवसायी पौडेलले जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय अर्घाखाँची अन्तर्गत जरेखोला बगाले पाँचसय फाँट सिँचाइ योजना सन्धिखर्क– ४ र छत्रदेव– ६ को कार्य निर्माण सम्पन्न गर्नु पर्ने म्याद १ वर्ष रहेकोमा २ महिना १८ दिनमा सम्पन्न गरी आफूलाई अब्बल निर्माण व्यवसायिको रूपमा स्थापित गरेका छन् । 

देशभर निर्माण व्यवसायीले कामहरू लथालिंग बनाइ अलपत्र पारेको समाचार आइरहेको बेलामा यस्ता व्यवसायीका कारण सो क्षेत्रको गरिमालाई कायम राखेको भन्दै स्थानीयले खुशी व्यक्त गरेका छन् ।

डिभिजन कार्यालयले आर्थिक वर्ष ०८०/८१ समय भन्दा अगाडि काम सम्पन्न गर्ने दुई जना व्यवसायी लुम्बिनी निर्माण सेवा सन्धिखर्क ८ अर्घाखाँची र भिजन निर्माण सेवा प्यूठानलाई सम्मान गरिएको डिभिजन प्रमुख भेषराज भुसालले जानकारी दिए । निर्माण व्यवसायीलाई समयमा काम सम्पन्न गर्न केही हदसम्म हौसला जागोस भन्ने उद्देश्यले सम्मानको आयोजना गरिएको डिभिजन कार्यालयले जनाएको छ । लुम्बिनी निर्माण सेवाले सिँचाइ कार्यालय अन्तर्गत आर्थिक वर्ष ०८१/८२ मा साना ठूला गरी ११ वटा ठेक्का सम्झौता गरी सम्पन्न गरेको थियो ।

जरेखोला बगाले पाँचसय फाँट सिँचाइ योजना सन्धिखर्क–४ र छत्रदेव–६ को निर्माण कार्य २०८१ चैत्र २७ गते सम्झौता भई २०८२ चैत्र मसान्त सम्म ठेक्का म्याद भएकोमा उक्त काम २०८२ असार १३ गते सम्पन्न गरी निर्माण व्यवसायीले डिभिजनलाई हस्तान्तरण गरेका थिए । उक्त योजना, वहुवर्षीय ठेक्का अन्तर्गत रहेको र सो योजनामा शुरु विनियोजन रकम कम भएता पनि प्रदेश सरकारबाट रकमान्तर भइ कार्यालयबाट केही थोरै रकम बाहेक सबै रकम समयमै भुक्तानी गरिएको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise