२०८२ असार २ गते सोमवार / Jun 16 , 2025 , Monday
२०८२ असार २ गते सोमवार
Ads

‘अनलाईन कारोबारले फस्टाउदै कुरियर व्यवयायी’

छबि सापकोटा
२०८२ असार १ गते ०७:५०
‘अनलाईन कारोबारले फस्टाउदै कुरियर व्यवयायी’

नेपालमा पछिल्लो समय कुरियर व्यवसाय फस्टाउदो गतिमा छ । कुरियर व्यवसायले घर–घर पुगेर छिटो र भरपर्दो सेवा दिइरहेको अवस्था छ । प्रविधिको साथ पाएको कुरियर व्यवसाय छिटो सामान डेभिभरीको लागि उपयुक्त क्षेत्र बनेको छ । डिजीटल मार्केटिङ, इ–कमर्श र अनलाईन कारोबार बढ्दै जाँदा कुरिएर व्यवसायको व्यापारले छलाङ मारेको छ । 

कुरियर सेवामा आम नागरिकमा देखिएको विश्वसनियताले कुरियरसंगै व्यापारलाई समेत चलायमान गराइरहेको अवस्था छ । तर पछिल्लो समय साना कुरियर व्यवसायीलाई अन्तराष्ट्रिय ठुला कुरियर व्यवसायीसंग प्रतिप्रर्धा गर्नु पर्ने अवस्था छ । कुरियर व्यवसायीको अवस्था, समस्या र अवसरको विषयमा नेपाल कुरियर सेवा संघका अध्यक्ष दुर्गा प्रसाद सुवेदी ‘दिपेश’ संग मध्यान्हका छबि सापकोटाले गरेको कुराकानी 

नेपालको कुरियर सेवाको व्यवसायिक अवस्था कस्तो छ ? 

अहिले नेपालको कुरियर सेवा बिगतको भन्दा निकै नै बढी व्यवसायिक बनेको छ । पहिला कुरियर सेवा भनेको सञ्चारको रुपमा मात्र हेर्ने गरिथ्यो । तर अहिले निकै नै परिवर्तन आएको छ । अहिले कुरियर बनेको दुर्त डेलिभरीको माध्ययको रुपमा विकसित भएको छ । 

अहिले कुरियर सेवा राष्ट्रिय तथा अन्तराष्ट्रिय व्यवसायको अभिन्न अंगको रुपमा अगाडी बढेको छ । व्यापार व्यवसायलाई बिस्तार गर्नका लागि समेत अहिले कुरियर सेवाको महत्वपुर्ण भूमिका निर्वाह गर्दै आएको छ । 

कुरियरको सेवाले व्यवसायलाई कसरी बिस्तार गरेको छ ? 

कुरियर सेवा अहिले व्यवसायको लागि नङ र मासुको जस्तै सम्बन्धको रुपमा बिस्तार भएको छ । पहिलो पहिलो चिठ्ठीपत्र आदान प्रदानमा सिमित रहेको व्यवसाय अहिले सामान तथा बस्तु आदान प्रदानमा काम भइरहेको अवस्था छ । अहिले डिजीटल मार्केटिङ, इ–कमर्श र अनलाईन कारोबारमा कुरियर सेवालाई भरपर्दाे सेवाको रुपमा लिइन्छ । अहिले जसरी व्यवसाय जसरी अनलाईन कारोबार तर्फ मोडिएका छन त्यसले कुरियर सेवा फस्टाउन सहयोग गरेको छ । अहिले आम नागरिकलाई फुर्सत कम र सहज सेवाको पाउने हेविट बढ्दै जाँदा कुरियर डेलिभरी सेवाको व्यवसाय बिस्तार भइरहेको छ । अनलाईनको विकासले गर्दा कुरियर क्षेत्र अगाडी गएको छ । अहिले व्यवसाय गर्नका लागि एक स्थानमा बस्न पर्छ भन्ने छैन । नेपालको जुन सुकै स्थनानमा बसेर पनि व्यवसाय गर्ने वातावरण कुरियर सेवाले गराईरहेको छ । पछिल्लो युवा पुस्तामा अनलाइनको कारोबार तर्फ केन्द्रित भइरहेको अवस्था छ । अनलाईन कारोबार बढ्दा कुरियर क्षेत्रको लागि अवसरको रुपमा लिन सकिन्छ । 

अहिले व्यवसाय कहाँ छ भन्दा पनि आफुलाई चाहिएको सामान कहाँ पाइन्छ भन्ने खोजि हुन्छ । जे जहाँ भएपछि डेरिभरी सर्भिस सेवा आएको परिवर्तनले सामानहरु घरमै आउने सक्ने अवस्थाले कुरियर व्यवसायको बिस्तार  हुँदै गएको छ । 

कुरियरबाट डेलिभरी माग कस्तो छ ? 

पछिल्लो समय कुरियरबाट डेलिभरीको माग बढ्दो छ । अहिले लत्ताकपडादेखि खाद्यन्नसमेत बजारमा गएर किन्ने भन्दा अनलाइन खरिद गर्नको संख्या बढ्दो छ । बजारमा गएर किन्ने भन्दा घरमै जसले ल्याइदिन्छ त्यतिबाट समान खरिद गर्ने अवस्था छ । अहिले आफ्नो व्यवसाय बिस्तरको लागि समेत डेलिभरी गर्नु पर्ने अवस्था छ । डेलिभरी नदिने व्यवसायीको व्यापार घट्ने हुँदा व्यवसाय गर्नेहरु समेत अनलाइन डेलिभरीमै केन्द्रित भएको देखिन्छ । 

होम डेलिभरी तर्फ उपभोक्ताको रोजाइमा पर्दा त्यसको फाइदा कुरियर सेवा आएको छ । नेपालमा व्यवसाय फस्टाउने बित्तिकै कुरियरको व्यवसाय समेत फस्टाउछ । बिषेशगरी कोरोना महामारीपछि नेपालको अनलाइन व्यापारमादेखिएको परिर्वतनले कुरियर व्यवसायमा  अझ भरपर्दाे बन्दै गएको छ । अहिले व्यवसाय गर्न डेलिभरी अनिवार्य बनेको छ । 

नेपाली कुरियर व्यवसायीले राष्ट्रिय र अन्तराष्ट्रिय डेलिभरीको दिन कति सक्षम छन् ? 

नेपाली कुरियर व्यवसायीले पूर्व मेचीदेखि पश्चिम महाकाली र विश्वका अधिकांश राष्ट्रहरु कुरियर सेवा दिन सक्षम छन् । कुरियरको विकासले नेपालमा उत्पादन भएका बस्तुहरु विश्वभर नै पु¥याउन सहज भएको छ । अहिले विदेशमा नेपालीको संख्या धेरै छन् । विदेशमा बस्ने नेपालीहरु अहिले अनलाइनबाट सामान गरिहरको अवस्था छ । नेपाली बस्तुको माग बढेको छ । नेपालबाट विदेशमा नेपाली सामान पु¥याउने काम कुरियर व्यवसायीले गरिरहेका छन् । पछिल्लो समय अन्तराष्ट्रिय कुरियर समेत बढीरहेको छ त्यसले नेपालका व्यवसायलाई समेत फाइदा भइरहेको अवस्था छ । अहिले अनलाइन डेलिभरी बढ्नुमा समय र मानिसमा आइरहेको अल्छीपना समेत हो । पछिल्लो समान पठाउदाँ कार्गाे मार्फत हुन्थ्यो भने अहिले छिटो सर्भिस दिनु पर्ने भएकोले कुरियर सेवालाई दिने गरेको पाइन्छ । पहिला कार्गाे ९० प्रतिशत हुदाँ १० प्रतिशतमात्र कुरियर हुन्थ्यो तर अहिले कुरियर ४० प्रतिशत व्यापार ओगटेको छ । यसले के देखाउछ भने आगामी दिन कुरियर व्यवसाय अझै बिस्तार हुने देखिन्छ । 

कुरियर व्यवसायमा विश्वनियता कति गर्न सकिन्छ ? 

अहिले कुरियर व्यवसाय अति नै विश्वनीय नै छ । प्रविधीको विकाससगै कुरियर गरेपनि व्यक्ति कहाँ आइपुग्यो भन्ने सम्मको जानकारी प्राप्त गर्न सकिन्छ । अहिले कुरियर प्राप्त गर्नको नम्बर, लोकसन देखि फोटो भिडियोसम्मको दिन सकिन्छ । त्यसलै कुरियर व्यवसाय भरपर्दाे बनिरहेको छ । अहिले कुरियर सेवा यति छिटो भएको छ, कुरियर सेवामा अहिले ठुलो व्यवसायी गर्दा साना व्यवसायीको व्यापारमा असर गरिरहेको छ । अन्तर्राष्ट्रिय कुरियर सेवाले सानो लगानीमा खुलेको कुरियर व्यवसायलाई असर भने धेरै नै गरिहेको अवस्था छ । ठुलो व्यवसायीले साना व्यवसायीलाई मर्ज गराउने प्रवृति यो क्षेत्रमा धेर नै छ । अहिल े देशमा करिब १ हजार भन्दा कम्पनीले कुरियर सेवामा दिइरहेको अवस्था छ । कुरियर व्यवसाय घरको दैलोदैलोसम्म पुग्ने भएकोले यसको सेवालाई गुणस्तरीय र भरपर्दो बन्दै गएको छ । प्रविधिमा आएको विकासले कुरियर क्षेत्र नै फस्टाइरहेको छ भने बिश्वनियता समेत बढ्दै गएको छ । 
 

ADV

सम्बन्धित खबर