२०८२ भदौ ११ गते बुधवार / Aug 27 , 2025 , Wednesday
२०८२ भदौ ११ गते बुधवार
Ads

सिटिजन लाइफद्वारा अभिमुखीकरण सम्पन्न

shivam cement
मध्यान्ह
२०८२ असार १ गते २१:१९
सिटिजन लाइफद्वारा अभिमुखीकरण सम्पन्न

काठमाडौं : सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ ।

कम्पनीको प्रधान कार्यालय थापाथलीमा कम्पनीका सञ्चालक समिति, संस्थापक लगानीकर्ता, उच्च व्यवस्थापन समिति सहित कम्पनीमा कार्यरत सम्बन्धित सम्पूर्ण कर्मचारीहरूको उपस्थितिमा सो कार्यक्रम सम्पन्न भएको हो । 

काठमाडौं उपत्यकाबाहिरका प्रदेश प्रमुख साथै शाखा प्रबन्धकहरूको अनलाइनमार्फत् सहभागितामा सो अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको थियो । कार्यक्रमलाई नेपाल बीमा प्राधिकरणका निर्देशक शाम्भराज लामिछाने साथै उपनिर्देशक पदमप्रसाद सोडारीले प्रस्तुत गरेका थिए । साथै, कार्यक्रमको आयोजना कम्पनीका तर्फबाट कानुन, अनुपालन तथा जोखिम व्यवस्थापन अधिकृत बिदुरबहादुर भुजेलले गरेका थिए ।

उक्त तालिममा ग्राहकको सम्पत्ति र आयको श्रोतको विवरण राख्ने, ग्राहक पहिचान फारमलाई अद्यावधिक राख्ने, गैरकानुनी कमाइ र आतंककारी कार्यबाट संकलित कालो धनलाई बीमाको माध्यमबाट सेतो धन बनाउने कार्यलाई कसरी नियन्त्रण गर्न सकिन्छ, यसका प्रक्रियाहरू के–के हुन्, रिपोर्टिङ कसरी गर्ने आदि विषयमा विस्तृत जानकारी दिइएको थियो ।

ADV

सम्बन्धित खबर

Advertise