२०८२ असार २ गते सोमवार / Jun 16 , 2025 , Monday
२०८२ असार २ गते सोमवार
Ads

रौतहटका वनमा काठ तस्करी, बेखबर कर्मचारी

कृष्ण तिवारी
२०८२ असार १ गते २०:४८
रौतहटका वनमा काठ तस्करी, बेखबर कर्मचारी

रौतहट : रौतहटका वनबाट पछिल्लो समय काठ तस्करी बढ्दै गइरहेको छ । जिल्ला डिभिजन वन कार्यालय अन्तर्गतको विभिन्न क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै हरिया सालको रुख कटान गरी गोलिया बनाएर तस्करी हुँदै आएको छ ।

डिभिजन वन कार्यालय अन्तर्गत जंगलसैया साझेदारी वन क्षेत्रमा पर्ने कालिखोला, भैँसीमारा, पथलैया जंगल क्षेत्रको दर्जनौं सालका रुखहरु कटान भैसक्दा समेत तस्कर पक्राउ पर्न सकेको छैन । 

तस्करहरुले साइकल, मोटरसाइकलमा काठ तस्करी गर्दै आएको पाइएको छ । वन कर्मचारीकै मिलोमतोमा तस्करी मौलाउँदै गएको आरोप स्थानीयको रहेको छ ।

एक साता यता मात्रै मैढा पोष्टदेखि २ किलोमिटर पश्चिम उतरमा पर्ने पथलैया जंगल क्षेत्रबाट दर्जनौ सालका रुखहरु कटान भैसकेको छ । 

डिभिजन वन कार्यालय  रौतहटका प्रमुख हेमन्त कुमार साहको बेवास्ताका कारण चोरी तस्करी बढदै गएको छ । वनमा आरा, बन्चरो लिएर प्रवेश गर्न नपाइने नियम भएपनि वन कर्मचारीको मौनताको कारण हरिया सालका रुखहरु जथाभावी कटान गरी गोलिया बनाएर तस्करी भइरहेको छ ।

वन संरक्षणको अधिकार र जिम्मेवारी पाएका बन कर्मचारी र तस्करहरुको मिलेमतोमा पछिल्लो समयमा काठ तस्करी बढ्दै गएको जनगुनासो रहेको छ ।

वन तस्करीका समाचार सार्वजनिक भइरहँदा समेत सम्बन्धित निकायको ध्यान पुग्न नसक्दा तस्करहरुले दिन दहाडै तस्करी गर्ने गरेको आरोप रहेको छ । 

वन तस्करी हुँदा राजश्व रकम समेत गुम्ने र वन मासिने कार्य भइरहँदा समेत वन कर्मचारीहरु नदेखेझैं गर्दै आइरहेका छन् ।

डिभिजन वन कार्यालय  रौतहटका प्रमुख हेमन्त कुमार साह लगायत कर्मचारीहरु दिन भरी होटेलहरुमा बस्ने,गोष्ठी र तालिममा संलग्न भइ भत्तासमेत बुझ्दै आएपनि वन गस्तीमा ध्यान नदिने र तस्करसँगकै साँठगाँठमा गोलिया काठ वनक्षेत्रबाट पास गराउने आरोप यसअघि देखिनै लाग्दै आएको छ ।  

यस्ता गतिविधिहरूलाई नियन्त्रण गर्न जिम्मेवार डिभिजन वन कार्यालय भने कारबाही भन्दा पनि कोठे बैठक र कागजी प्रतिवेदनमै सीमित रहेको आरोप लागेको छ । रौतहटमा २९ हजार ४ सय हेक्टर क्षेत्रफलमा वन जंगल रहेको छ । 

जंगलसहिया, रंगपुर र बृन्दावन गरी तीन वटा साझेदारी वन र ४२ वटा सामुदायिक वन रहेको छ ।

सम्बन्धित निकायको उदाशिनताका कारण रौतहटको चारकोसे झाडी रहेको बन दिनदिनै उजाड भइरहेको छ ।

डिभिजन वन कार्यालय  रौतहटका प्रमुख हेमन्त कुमार साहसँग प्रतिक्रिया लिँदा भने, ‘बैठक, गोष्ठी बाहेक समय समयमा आफू पनि गस्ती गर्दै आएको लुकिछिपी, छिटपुट रुपमा काँचा सालका रुख कटान गरेको हुन सक्छ ।’

ADV

सम्बन्धित खबर