२०८२ असार २ गते सोमवार / Jun 16 , 2025 , Monday
२०८२ असार २ गते सोमवार
Ads

बागमतीले ल्यायो ६७ अर्ब ४७ करोडको बजेट

मध्यान्ह
२०८२ असार १ गते २२:४२
बागमतीले ल्यायो ६७ अर्ब ४७ करोडको बजेट

हेटौंडा : बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ६७ अर्बको बजेट ल्याएको छ । आइतबार साँझ साढे ८ बजेदेखि सुरु प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजार बिनियोजन गरेका हुन् ।

चालु खर्च २६ अर्ब ४ करोड ४६ लाख ९१ हजार र पुँजीगतखर्च ४१ अर्ब ४३ करोड २६ लाख ३६ हजार बिनियोजन भएको छ ।  बजेट सार्वजनिक गर्नका लागि दिउसो ३ बजेका लागि प्रदेशसभा बैठक बोलाइए पनि बजेटको आकारका बिषयमा विवाद हुदाँ निर्धारित समय भन्दा साढे ५ घण्टा ढिला संसद सुरु भएको थियो ।

सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेबीच ६८ अर्बको बजेट ल्याउने सहमति भएकोमा बजेटको आकार झण्डै ४ अर्ब बढाइएको भन्दै सत्तापक्षकै सासदबिच विवाद देखिएको थियो । सबै भन्दा धेरै भौतिक पूर्वाधार विकास मन्त्रालयलाई २४ अर्ब ८० करोड १९ लाख बजेट बिनियोजन गरिएको छ ।

खानेपानी, उर्जा, जलश्रोत तथा सिचाईं मन्त्रालयका लागि ७ अर्ब २८ करोड ७१ लाख, संस्कृति तथा पर्यटन मन्त्रालयलाई ३ अर्ब ६७ करोड ७० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

यस्तै कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि २ अर्ब ६३ करोड ४२ लाख , वन तथा वातावरण मन्त्रालयलाई ३ अर्ब ९९ सय करोड ६७ लाख  र स्वास्थ्य मन्त्रालयका लागि ३ अर्ब ९६ करोड ८८ लाख बजेट छुट्टाइएको छ । 

ADV

सम्बन्धित खबर