२०८२ असार २ गते सोमवार / Jun 16 , 2025 , Monday
२०८२ असार २ गते सोमवार
Ads

बालविवाह न्यूनीकरण परियोजनाको अनुगमन

सन्तोष पौडेल
२०८२ असार १ गते २१:०८
बालविवाह न्यूनीकरण परियोजनाको अनुगमन

बर्दिया : बर्दियाको मधुवन नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजना अन्तर्गत सञ्चालित कार्यक्रमहरुको अनुगमन गरिएको छ । संयुक्त अनुगमन टोलीले परियोजनाद्वारा विद्यालयहरुमा सञ्चालित परिवर्तनका संवाहक कक्षाले किशोरीहरुमा आएको परिवर्तन, शिक्षकहरका लागि पेशागत र समावेशी सिकाइ वातावरणका निर्माणका लागि प्रदान गरिएका तालिम तथा कार्यशालाले विद्यालय तथा शिक्षकमा आएको परिवर्तनका बारेमा अनुगमन गरेको हो ।

त्यस्तै अनुगमन टोलीले किशोरीहरुका लागि व्यवस्थापन गरिएको महिनावारी आराम कक्ष र हातधुने स्थान निर्माणको प्रभावकारिता तथा बालबालिकाहरुका लागि सञ्चालन गरिएको उपचारात्मक कक्षा तथा बालवालिकाहरुका लागि छात्रवृत्ति स्वरूप बालवालिकाहरुलाई गरिएको स्टेशनरी र झोला सहयोग कार्यक्रमले बालवालिकाको सिकाइ उपलब्धी हासिल गर्न पारेको प्रभावका बारेमा समेत अनुगमन गरेको थियो । 

संयुक्त अनुगमन टोलीले बालविवाह गरेका तथा बालविवाहको कारण जोखिममा परेका किशोरीहरुलाई दिगो रूपमा व्यवसाय सञ्चालन गर्न प्रोत्साहित गर्दै आर्थिक सशक्तिकरणमा टेवा पुर्‍याइ उनीहरुलाई अर्थोपार्जनमा सक्षम बनाउने उद्देश्यका साथ उनीहरुलाई गार्मेन्ट उद्योग सञ्चालन र बाख्रा पालनका लागि गरिएको सहयोगको पनि अनुगमन गरेको थियो ।

अनुगमन टोलीमा मधुवन नगरपालिकाका नगर प्रमुख तेजबहादुर भाट, नगरउपप्रमुख अनिता चौधरी, शिक्षा विकास तथा समन्वय इकाइ बर्दियाका प्रमुख सूर्य बहादुर खत्री, मधुवन नगरपालिकाका शिक्षा युवा खेलकुद शाखा प्रमुख नारायण खनाल लगायत विषयगत शाखाका प्रमुखहरु प्लान इन्टरनेशनल नेपालकी निर्मला महत, भेरी वातावरणीय विशिष्टता समूह (वि ग्रुप)का परियोजनासँग सम्बन्धित कर्मचारीहरु, प्लान इन्टरनेशनल नेपालकी निर्मला महत लगायत सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

ADV

सम्बन्धित खबर