२०८२ जेठ ३० गते शुक्रवार / Jun 13 , 2025 , Friday
२०८२ जेठ ३० गते शुक्रवार
Ads

प्रतापपुर–सरावल जोड्ने पुलको शिलान्यास

विनोद निगम
२०८२ जेठ २८ गते २०:५१
प्रतापपुर–सरावल जोड्ने पुलको शिलान्यास

पश्चिम नवलपरासी : पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–४ पचफेडा र सरावल गाउँपालिका–७ बरगदवा जोड्ने पुलको बुधबार एक समारोहका बीच शिलान्यास गरिएको छ ।

पुलको शिलान्यास प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवले गरेका हुन् । गाउँपालिकाले विकासका प्राथमिकतालाई ध्यानमा राख्दै यो आयोजनालाई अघि बढाएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले जनतासँग गरेका प्रतिबद्धता स्मरण गर्दै भने, ‘मैले जनतासँग गरेका वाचा बिर्सेको छैन । विकासका कामहरू एकपछि अर्को गर्दै पूरा गर्दै जाने प्रतिबद्धतामा म दृढ छु ।’

पचफेडा र बरगदवा जोड्ने पुल निर्माणले दुई गाउँपालिकाबीचको आवागमन सहज बनाउने अपेक्षा गरिएको छ । विशेषगरी बर्खायाममा खोलाबाट आवतजावतमा पर्ने कठिनाइ अब केही समयपछि अन्त्य हुने स्थानीयको भनाइ छ ।

शिलान्यास कार्यक्रममा वडा अध्यक्षहरू, राजनीतिक दलका प्रतिनिधिहरू, सामाजिक अगुवा र स्थानीयवासीको उल्लेखनीय उपस्थिति रहेको थियो । सहभागीहरूले अध्यक्ष यादवको नेतृत्वमा भइरहेका विकास निर्माणप्रति खुलेर प्रशंसा गरेका थिए ।

ADV

सम्बन्धित खबर