काठमाडौँ : गत चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको राजावादी आन्दोलनका क्रममा पक्राउ परेकामध्ये दुर्गा प्रसाईंसहित ७ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले बिहीबार राति मेडिकल व्यवसायी दुर्गा प्रसाईंसहित ७ जनालाई आपराधिक उपद्रवको कसुरमा थुनामा पठाउने आदेश दिएको हो ।
यस्तै, अन्य ३२ जनालाई धरौटीमा रिहा गर्ने आदेश भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान पूरा गरी सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको थियो । त्यसपछि कार्यालयले ६१ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । चार नाबालकलाई भक्तपुर पठाइएको थियो ।