२०८२ वैशाख २१ गते आइतवार / May 04 , 2025 , Sunday
२०८२ वैशाख २१ गते आइतवार
Ads

नेपाली क्रिकेट टोलीले बेलायतमा ४ क्लबसँग खेल्ने

मध्यान्ह
२०८२ वैशाख २० गते १८:१३
नेपाली क्रिकेट टोलीले बेलायतमा ४ क्लबसँग खेल्ने

काठमाडौं : आईसीसी क्रिकेट विश्वकप लिग–२ को तेस्रो चरणको तयारीस्वरूप नेपाली राष्ट्रिय क्रिकेट टिमले बेलायतमा विभिन्न क्लबहरूसँग खेल्ने भएको छ ।

आईसीसी क्रिकेट विश्वकप लिग–२ आगामी जुन महिनामा स्कटल्यान्डमा हुँदैछ ।

१४ देखि २६ मईसम्म बेलायत भ्रमणमा रहने नेपाली टोलीले खेल्ने खेलहरूको तालिका सार्वजनिक भएको हो । यस भ्रमणको क्रममा नेपाली टोलीले विभिन्न स्थानीय क्रिकेट क्लबहरूसँग अभ्यास म्याच खेल्नेछ र उच्चस्तरीय ट्रेनिङ क्याम्पमा सहभागिता जनाउनेछ ।

भ्रमण अवधिमा नेपाली टिमले बेलायतको प्रतिष्ठित क्लबहरूसँग प्रतिस्पर्धात्मक अभ्यास खेलहरू खेल्ने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।

नेपाली टोलीले १६ मईमा कार्डिफ युनाइटेडसँग एकदिवसीय खेल्ने छ । १९ मईमा मेरिलबोन क्रिकेट क्लब (एमसीसी) पनि एकदिवसीय खेल्ने तालिका छ ।

यसैगरी नेपाली टोलीले २२ मईमा ग्लोसेस्टरशायरसँग २ वटा टी–२० खेल्ने छ भने ग्लामोर्गनसँग २६ मर्ईमा एकदिवसीय खेल्ने छ ।
ग्लामोर्गनसँगको खेलपछि नेपाली टिम २९ र ३१ मईमा स्कटल्यान्ड ‘ए’ टोलीविरुद्ध २ एकदिवसीय खेलहरू खेल्नेछ ।
यो तयारीपश्चात नेपाली टिमले जुन महिनामा स्कटल्यान्डमा हुने आइसिसी क्रिकेट विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजमा स्कटल्यान्ड र नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्नेछ ।

ADV

सम्बन्धित खबर