२०८२ वैशाख २० गते शनिवार / May 03 , 2025 , Saturday
२०८२ वैशाख २० गते शनिवार
Ads

कृषि जोन परियोजनाले फेरियो किसानको दैनिकी : अर्घाखाँची मासु, तरकारी र कफीमा आत्मनिर्भर

सुर्य प्रसाद भुसाल
२०८२ वैशाख १० गते २०:५३
कृषि जोन परियोजनाले फेरियो किसानको दैनिकी : अर्घाखाँची मासु, तरकारी र कफीमा आत्मनिर्भर

अर्घाखाँची : अर्घाखाँची मा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनामार्फत् सञ्चालन भएको कफि  बाख्रा सुन्तला तरकारी जोन कार्यक्रमले उत्पादनमा वृद्धि हुनुको साथै किसानको दैनिकी फेरिएको छ । अर्घाखाँचीमा आर्थिक वर्ष २०७४/०७५ देखि तरकारी, आर्थिक वर्ष २०७७/०७८ देखि कफि जोन, २०७६/०७७ देखि देखि बाख्रा जोन र २०८०/०८१ देखि सुन्तला जोन कार्यक्रम सञ्चालन हुँदै आएको छ ।

अर्घाखाँचीको उच्च पहाडी क्षेत्रमा कफि सुन्तला तरकारी तथा मध्यम क्षेत्रमा प्रशस्त चरन क्षेत्र भएको शितगंगा नगरपालिका लाई विशेष क्षेत्र बनाएर  बाख्रा जोन लागू गरेपछि उत्पादनमा वृद्धि भएको हो । सो जानकारी प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनामार्फत् तरकारी जोन कार्यक्रमले अर्घाखाँचीका सन्धिखर्क नगरपालिका, छत्रदेव गाउँपालिका र मालारानी गाउँपालिकाको वडा नं. १ सहित २१ वडालाई समेटिएको प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाले सन्धिखर्कमा आयोजना गरेको योजना कार्यान्वयनसम्बन्धी गोष्ठीमा दिइएको थियो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण प्ररियोजनाका निमित्त वरिष्ठ कृषि विकास अधिकृत बिष्णु मङ्रातिकाअनुसार भूमिकास्थान, शितगंगा, सन्धिखर्क, मालारानी, छत्रदेव र पाणिनीका ३७ वडामा लागू गरिएको बाख्रा जोन कार्यक्रमले ५५ प्रतिशत उत्पादनमा वृद्धि भएपछि मासु र तरकारीमा अर्घाखाँची आत्मनिर्भर बनेको छ । त्यस्तै, कफिजोन सन्धिखर्कका ३ वडा, शितगंगाका ३ वडा, भूमिकास्थानका ४ वडा, मालारानीका २ वडा, छत्रदेवको १ वडा र पाणिनीको १ वडा गरी १४ वडामा कफि खेति फस्टाएको छ ।

साथै, अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाका २ वडा, सन्धिखर्कका ७ वडा, मालारानीका ६ वडा, छत्रदेवका ४ वडा र पाणिनीका ७ वडा गरी २६ वडा समेटेर सञ्चालन गरिएको सुन्तला जोनले सुन्तलाको उत्पादनमा २५ प्रतिशले उत्पादन बढाएको तथ्यांक कार्यालयले जनाएको छ ।

‘तरकारी, बाख्रा, कफि र सुन्तला जोन कार्यक्रमबाट किसानले मासु, तरकारी, कफि र सुन्तला उत्पादनमा वृद्धि गरेको पाइएको छ, हामीले परियोजनामार्फत् प्राविधिक सहयोग, सिँचाइ, बीउ, खोर सुधार लगायत कार्यक्रममा सहयोग गरेका छौँ’, मङगरातिले भने, ‘अर्घाखाँची का अन्य छुटेका वडालाई समेटेर अगाडि बढिने छ ।’

आर्थिक वर्ष २०७६/७७ देखि सुरु भएको बाख्रा जोन कार्यक्रमले मासुको उत्पादनमा ५५ प्रतिशतले वृद्धि गरेको निमित्त प्रमुख मङगरातिले जानकारी दिए । बाख्रा जोन सुरु हुँदा २६ हजार ६७५ बाख्रा रहेकामा हाल बाख्राको संख्या बढेर ७० हजार भन्दा माथि पुगेको छ भने तरकारी जोन अर्घाखाँचीका ३ पालिकाको ६१० हेक्टर क्षेत्रफलमा फैलिएको छ । 

यस्तै, बाख्रा जोन कार्यक्रममार्फत् ६ पालिकाको ३७ वडामा बीउ, यान्त्रिकीकरण, खोर सुधार तथा बजारीकरणका लागि परियोजनाले सघाउँदै आएको मङरातिको भनाइ छ । कार्यक्रम प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलको अध्यक्षता र जिल्ला समन्वय प्रमुख जिवनारायण कोईरालाको प्रमुख अतिथ्यतामा भएको थियो । त्यस्तै, कार्यक्रममा भूमिकास्थान नगरपालिकाका प्रमुख झबिलाल थापा, छत्रदेव गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठ मालारानी गाउँपालिकाका उपाध्यक्ष दीपा पोख्रेल, सन्धिखर्क नगरपालिका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसाल, प्रमुख कोष नियन्त्रक बिष्णु भुसाल लगायतको उपस्थिति रहेको थियो ।

ADV

सम्बन्धित खबर