२०८२ वैशाख २० गते शनिवार / May 03 , 2025 , Saturday
२०८२ वैशाख २० गते शनिवार
Ads

टर्किएद्वारा आइएससँग सम्बन्ध रहेको आरोपमा २० जना संदिग्ध पक्राउ 

मध्यान्ह
२०८१ चैत २७ गते ११:१२
टर्किएद्वारा आइएससँग सम्बन्ध रहेको आरोपमा २० जना संदिग्ध पक्राउ 

काठमाडौंः टर्की प्रहरीले मंगलवार इस्लामिक स्टेट (आइएस) सँग सम्बन्ध रहेको आरोपमा २० जना संदिग्धहरूलाई पक्राउ गरेको छ ।

इस्तानबुलका प्रमुख सरकारी वकिलको कार्यालयले ३२ जना संदिग्धहरूले टर्किए विरुद्ध कारबाही गर्नसक्ने विश्वास गरिएपछि यो अभियान शुरु गरिएको बताएको छ ।

संदिग्धहरूको ठेगानामा खोजी गर्दा प्रहरीले लाइसेन्स नभएको बन्दुक, विदेशी र स्थानीय दुवै मुद्रामा ठूलो मात्रामा नगद, साथै विभिन्न डिजिटल सामग्रीहरू बरामद गरेको कार्यालयले जनाएको छ । २० जना संदिग्धहरूलाई थप प्रक्रियाको लागि प्रहरी चौकीमा लगिएको छ । प्रहरीले बाँकी १२ संदिग्धहरूलाई पक्राउ गर्न प्रयास जारी राखेको छ ।
 

ADV

सम्बन्धित खबर