२०८२ वैशाख २० गते शनिवार / May 03 , 2025 , Saturday
२०८२ वैशाख २० गते शनिवार
Ads

‘मथुरा देशकै पवित्र तीर्थस्थलका रूपमा विकसित हुन्छ’

सुर्य प्रसाद भुसाल
२०८१ चैत २३ गते २०:३५
‘मथुरा देशकै पवित्र तीर्थस्थलका रूपमा विकसित हुन्छ’

अर्घाखाँची : प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सन्धिखर्क नगरपालिका वडा नं.५ मथुरालाई देशकै पवित्र धार्मिक तीर्थस्थलका रूपमा विकास गर्ने गरी काम गर्ने लक्ष्य प्रदेश सरकारले लिएको बताएका छन् ।

मथुरा वाङ्लाको गोपेश्वर पीठ र राधाकृष्ण मन्दिरमा सञ्चालन भएको श्रीमद्देवीभागवत एवम् शतचण्डी महायज्ञ कार्यक्रमलाई शनिबार  सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले मथुरालाई धार्मिक महत्वको स्थलका रूपमा विकास गर्ने गरी तीन तहका सरकार लागि परेकाले सबैको साथ सहयोग आवश्यक रहेको बताए ।

‘यो ठाउँको समृद्धि र विकासका निम्ति विभिन्न क्षणमा सरकारको तर्फबाट सहयोग हुने काम भइरहेको छ । चालू आर्थिक वर्षमा पनि सडकको स्तरोन्नति गर्न बजेटले सम्बोधन गरेको छ । यसका साथै यहाँ पानीको समस्या थियो, त्यसलाई हल गर्ने उद्देश्यका साथ खानेपानीको काम अघि बढेको छ,’मुख्यमन्त्रीले भने,‘यो स्थललाई अर्घाखाँची वा लुम्बिनी प्रदेशको मात्रै नभइ देशकै धार्मिक तथा पर्यटकीय स्थलका रूपमा विकास गर्न जरुरी रहेकोले लुम्बिनी आएका पर्यटकहरु अर्घाखाँची हुँदै मथुरा पु¥याउने लक्ष्य प्रदेश सरकारको रहेकाले सोही अनुसार काग गर्ने गरी बजेट व्यवस्थापन गर्नेछ ।’

जंगबहादुर जन्मिएको भनेर चिनिने ऐतिहासिक पौवाको समेत संरक्षण गर्ने काम सरकारले गरेको जानकारी गराउँदै आचार्यले अर्घाखाँचीका सम्पदाहरुको संरक्षणमा सरकारले कुनै कसुर बाँकी नराख्ने बताए ।

भविष्यमा बृहत्तर गुरुयोजना निर्माण गरेर मथुराको समुचित विकास गरिने योजना रहेको उनले उल्लेख गरे । भक्तजनको अभिलाषा र चाहना अनुसार प्रदेश सरकारले धार्मिक स्थलको विकासलाई प्राथमिकता दिने बताउँदै उनले आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन समेत सरकारले विशेष ध्यान दिने स्पष्ट पारे ।
 

ADV

ताजा खबर

सम्बन्धित खबर