२०८२ वैशाख २१ गते आइतवार / May 04 , 2025 , Sunday
२०८२ वैशाख २१ गते आइतवार
Ads

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

मध्यान्ह
२०८१ चैत २० गते ११:३०
सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ : नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । आज सुन तोलामा ६ सय रुपैयाँले घटेर १ लाख ७९ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार सुन प्रतितोला १ लाख ७९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी १५ रुपैयाँले घटेर दुई हजार २० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी दुई हजार ३५ रुपैयाँमा कारोबार भएको थियो ।

ADV

सम्बन्धित खबर