२०८२ वैशाख २१ गते आइतवार / May 04 , 2025 , Sunday
२०८२ वैशाख २१ गते आइतवार
Ads

वीरगञ्ज महानगरद्वारा ३३ करोड ५६ लाख राजस्व संकलन

मध्यान्ह
२०८१ चैत १३ गते ०९:०४
वीरगञ्ज महानगरद्वारा ३३ करोड ५६ लाख राजस्व संकलन

पर्सा : वीरगञ्ज महानगरले चालु आर्थिक वर्षको आठ महिनामा रु. ३३ करोड ५६ लाख ८७ हजार सात सय ७८ राजस्व संकलन गरेको छ । महानगरले गत आवको सोही अवधिको तुलनामा रु. ३६ लाख ४१ हजार १६१ बढी राजस्व संकलन गरेको हो ।

वीरगञ्ज महानगरपालिका राजस्व महाशाखा प्रमुख मनोज कर्णले चालु आवको आठ महिनामा वार्षिक लक्ष्यको ४० प्रतिशतको हाराहारीमा राजस्व संकलन भएको जानकारी दिए । महानगरले सम्पत्ति करबापत रु. १२ करोड ११ लाख ९७ हजार र पूर्वाधार सेवाको कर उपभोगमा लाग्ने करबापत रु. एक करोड ६८ लाख संकलन गरेको छ ।

ADV

सम्बन्धित खबर