२०८२ वैशाख २१ गते आइतवार / May 04 , 2025 , Sunday
२०८२ वैशाख २१ गते आइतवार
Ads

आठ महिनामा चार अर्ब २५ करोड राजस्व संकलन

मध्यान्ह
२०८१ चैत १२ गते १०:४४
आठ महिनामा चार अर्ब २५ करोड राजस्व संकलन

बागमती : हेटौँडास्थित आन्तरिक राजस्व कार्यालयले चालू आर्थिक वर्षको आठ महिनामा रु. चार अर्ब २५ करोड २० लाख राजस्व संकलन गरेको छ । यो लक्ष्यको ८२ दशमलव ३२ प्रतिशत संकलन भएको हो ।

कार्यालय प्रमुख युक्तप्रसाद सुवेदीका अनुसार आव २०८१/८२ को आठ महिनामा रु. पाँच अर्ब १६ करोड ५२ लाख ३२ राजस्व संकलन गर्ने लक्ष्य रहेकामा रु. चार अर्ब २५ करोड २० लाख ३७ हजार संकलन भएको छ ।

कार्यालयले अन्त:शुल्कतर्फ रु. दुई अर्ब ४१ करोड ७४ लाख ४७ हजार, आयकरतर्फ रु. ७३ करोड ५२ लाख ९२ हजार, मूल्य अभिवृद्धि करतर्फ रु. ६१ करोड ४७ लाख ९९ हजार, स्वास्थ्य जोखिम करतर्फ रु. ४१ करोड १३ लाख ५१ हजार, ब्याजकारतर्फ रु. छ करोड २५ लाख ९८ हजार र बहालकरतर्फ रु. एक करोड २५ लाख ५० हजार संकलन गरेको छ ।

कार्यालयमा आयकरतर्फ ३४ हजार ४३, मूल्य अभिवृद्धितर्फ पाँच हजार नौ सय २३, अन्त:शुल्कतर्फ एक हजार छ सय चार, विथहोल्डतर्फ सात सय ११ र व्यक्तिगततर्फ ८३ हजार सात सय एक करदाता आबद्ध  छन् ।

ADV

ताजा खबर

सम्बन्धित खबर