२०८२ वैशाख २३ गते मङ्गलवार / May 06 , 2025 , Tuesday
२०८२ वैशाख २३ गते मङ्गलवार
Ads

माओवादी केन्द्रको कार्यालयमा शिक्षकहरूले दिए धर्ना

मध्यान्ह
२०८१ चैत १ गते १६:१६
माओवादी केन्द्रको कार्यालयमा शिक्षकहरूले दिए धर्ना

काठमाडौं : राष्ट्रिय शिक्षक महासंघले नेकपा (माओवादी केन्द्र)को पार्टी कार्यालयमा धर्ना दिएको छ ।

शुक्रबार चौथो दिनको धर्ना कार्यक्रमअन्तर्गत महासंघले माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिस डाँडामा धर्ना दिएको हो । शिक्षक, कर्मचारीहरूले अन्तिम चरणको आन्दोलनमा रहेको र चैत २० गतेसम्म पनि सरकारले विगतका सबै सहमति सम्बोधन हुने गरी विद्यालय शिक्षा ऐन जारी नगरे अन्तिम र निर्णायक चरणको आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

उनीहरूले धर्ना कार्यक्रमपछि रिले अनशनमा जाने र चैत २० गतेपछि अन्तिम र निर्णायक चरणको आन्दोलन गर्ने चेतावनी पनि दिएका छन् ।

उनीहरूले चाँडोभन्दा चाँडो विगतमा भएका सबै सहमति कार्यान्वयन गरेर विद्यालय शिक्षा ऐन ल्याउन सरकारसँग माग गरेका छन् ।

शिक्षक महासंघले स्थायी नियुक्ति, बढुवा, सेवा सुविधामा सुधार र पेशागत सुरक्षाका माग पूरा नभएको भन्दै दलका कार्यालयहरूमा धर्ना दिएका हुन् । सरकारले पटक–पटक आश्वासन दिए पनि माग सम्बोधन नभएको भन्दै शिक्षकहरू धर्नामा बसेका हुन् । 
 

ADV

सम्बन्धित खबर