२०८२ वैशाख २४ गते बुधवार / May 07 , 2025 , Wednesday
२०८२ वैशाख २४ गते बुधवार
Ads

वन डढेलो नियन्त्रण गर्न सचेतना सप्ताह सुरु

मध्यान्ह
२०८१ चैत १ गते १६:०४
वन डढेलो नियन्त्रण गर्न सचेतना सप्ताह सुरु

गुल्मी : गुल्मीमा वन डढेलो नियन्त्रण गर्न सप्ताहव्यापी सचेतना कार्यक्रम सुरु भएको छ । डिभिजन वन कार्यालय गुल्मीले वन डढेलो नियन्त्रण गर्न  सप्ताहव्यापी सचेतना कार्यक्रम सुरु गरेको रेसुंगा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले बताए ।

उनले जिल्लाका अधिकांश वन डढेलो उच्च जोखिममा रहेकाले प्रत्येक वडा टोलका नागरिकमा सचेतना कार्यक्रम आवश्यक रहेको बताए । 

नगरप्रमुख पन्थीले अघिल्लो वर्ष गुल्मी जिल्लाले भोग्नु परेको क्षतिको स्मरण गर्दै वनमा लाग्ने आगलागी र डढेलोका घटना प्राकृतिक नभई मानवीय लापरबाहीका कारण हुने गरेको बताए । 

वनमा हुने आगलागी र डढेलो नियन्त्रणका लागि नगरपालिका सदैव गम्भीर र प्रतिबद्ध रहेको नगरप्रमुख पन्थीले बताए । गुल्मीमा २ नगरपालिका र १० गाउँपालिका छन् । हाल जिल्लाभर रेसुंगा नगरपालिकामा मात्रै एउटा दमकल छ । 

शुक्रबारदेखि सञ्चालन भएको सप्‍ताह कार्यक्रम चैत ७ गतेसम्म चल्ने छ ।  वन डढेलो व्यवस्थापनका लागि निरोधात्मक उपाय अवलम्बन गर्दै डढेलोबाट हुने जन, धन र वनको क्षति न्यूनीकरण गर्ने सचेतना सप्‍ताह कार्यक्रम सञ्चालन गरिएको वन कार्यालयले जनाएको छ । डिभिजन वन कार्यालय गुल्मीका निमित्त कार्यालय प्रमुख मदन सापकोटाले सुक्खायाममा मानवीय कारणबाट हुने डढेलो रोक्न सचेतना अभियान सञ्चालन गरिएको जानकारी दिए ।
 

ADV

ताजा खबर

सम्बन्धित खबर